• ६ साउन २०८२, मङ्गलबार

एमाले बैठक भोलि ११ बजे पुन: बस्ने, विधान संशोधन प्रस्तावमाथि धारणा राख्ने क्रम जारी

blog

काठमाडौँ, साउन ५ गते । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान संशोधनसम्बन्धी प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नुभएको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार चासस्थित केन्द्रीय कार्यालयमा सोमबार बिहानदेखि सुरु भएको बैठकमा आज ४० जना केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभएको छ । 

उहाँले भन्नुभयो, “विधान संशोधनसम्बन्धी प्रस्तावमा केन्द्रीय कमिटीका ४९ जना  सदस्यले आआफ्नो राय राख्नुभएको छ ।” उहाँले मङ्गलवार बिहान ११ बजे पुनः बस्ने गरी केन्द्रीय कमिटीको बैठक स्थगित भएको जानकारी दिनुभयो ।