बम्बई उच्च अदालतले सोमबार सन् २००६ को मुम्बई रेल विस्फोटमा कथित भूमिकाका लागि ट्रायल कोर्टले दोषी ठहर गरेका सबै १२ जनालाई रिहा गरेको छ ।
भारतको गोवामा सोमबारदेखि सुरु भएको २४औँ विश्व व्यक्तिगत चेस च्याम्पियनसिपमा नेपालका विश्वविजय घिमिरेले प्रतिस्पर्धा गर्नुभएको छ ।
पाँचथरको फिदिम –४ र हिलिहाङ –७ लाई सिमाना छुट्याएर बगेको हेंवा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । खोलाबाट उहाँको उद्धार गरिए पनि उपचारको क्रममा उहाँको मृत्यु भएको हो । जिल्लाको फालेलुङ गाउँपालिका –७ पापुन्देनका रत्नकुमार आङबोकी २३ वर्षीया छोरी मनिषा आङबो रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।
तराईको जिल्लामध्ये अन्नभण्डार मानिने सुनसरीमा साउनको पहिलो सातासम्म ६८ प्रतिशत धान रोपाइँ भएको छ । असार बित्दासमेत नियमित वर्षा नहुँदा पैनी र बोरिङ मेशिनको सहायताले ढिलो रोपाइँ भएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । गत वर्ष साउनको पहिलो सातासम्म ८२ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष तुलनात्मक कम भएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
नेपालमा पहिलोपटक काल्पनिक र लोककथामा आधारित रहेर निर्माण गरेका चलचित्रलाई समेटेर ‘काठमाडौं हरर चलचित्र महोत्सव’ आयोजना हुने भएको छ ।
आगामी पाँच वर्षका लागि प्रतिस्पर्धी मूल्यमा अमेरिकाबाट वार्षिक सात लाख टन उच्च गुणस्तरको गहुँ आयात गर्न बङ्गलादेश र अमेरिकाबिच सम्झौता भएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका –१ स्थित मधुगङ्गा महादेव मन्दिरमा बोलबम मेलामा आएका एक जना भक्तजनको सोमबार धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
गौशाला नगरपालिका –५ मा गोरु तथा खसीबजारको ठेक्काको विषयलाई लिएर उत्पन्न विवादले झडप हुँदा चार जना घाइते भएका छन् । झडपमा परी वडा २ का वडा अध्यक्ष श्यामकुमार मण्डल, स्थानीय विपिन साह, विजय यादव र सुरेन्द्र महतो घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएकोछ ।
इन्डोनेसियाको सुलावेसी टापुमा एक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै ५०० भन्दा बढीको उद्धार गरिएको छ ।
महोत्तरीको महोत्तरी गाउँँपालिका–१, पर्साका ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा धनुषा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
सत्ताको नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ । एमाले सचिवालय र पोलिटब्युरो बैठकले पारित गरेको एमाले पार्टीको विधान मस्यौदाबारेमा केन्द्रीय सदस्यहरुले सुझावसहितको धारणा राख्नेक्रम जारी छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरी कृषकहरूलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरु भएको वताउनुभएको छ ।
पाकिस्तानमा विगत २४ घण्टामा वर्षा र बाढीसम्बन्धी घटनाका कारण कम्तिमा १३ जनाको मृत्यु भएकोे सोमबार जियो टिभीले जनाएको छ।