• ६ साउन २०८२, मङ्गलबार

खोलाले बगाउँदा युवतीको मृत्यु

blog

राधा लुइटेल

फिदिम, साउन ५ गते । पाँचथरको फिदिम –४ र हिलिहाङ –७ लाई सिमाना छुट्याएर बगेको हेंवा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ ।  खोलाबाट उहाँको उद्धार गरिए पनि उपचारको क्रममा उहाँको मृत्यु भएको हो । जिल्लाको फालेलुङ गाउँपालिका –७ पापुन्देनका रत्नकुमार आङ्बोकी २३ वर्षीया छोरी मनीषा आङ्बो रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेंवा खोलाको हिलिहाङ खण्डमा डाइभर्सन बनाउने काममा खटेका मानिसले बग्दैगरेको अवस्थामा भेटेपछि आङ्बोको उद्धार गरिएको थियो । आङबोलाई प्रहरी र स्थानीयले उपचारार्थ पाँचथर अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको तामाङको भनाइ छ ।

आङ्बोलाई खोलाले बगाएको वा आफैं खोलामा हाम फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आङ्बोका शव पाँचथर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । शव बुझ्न आफन्तकहाँ खबर पठाइएको तामाङले बताउनुभयो ।