जकार्ता, साउन ५ गते । इन्डोनेसियाको सुलावेसी टापुमा एक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै ५०० भन्दा बढीको उद्धार गरिएको छ ।
इन्डोनेसियाली तट रक्षकका अनुसार केएम बार्सिलोना–५ को जहाजमा आइतबार आगलागी भएको थियो ।
कुल ६०० यात्रु बोक्ने क्षमता रहेको पानीजहाजमा टिकट लिई यात्रा गरिरहेका यात्रुको सङ्ख्या २८० थियो भने १५ जना चालक दलका सदस्य थिए । पानीजहाजमा भएको आगलागीपछि भएको उद्धार प्रक्रिया अझै पनि जारी छ । रासस