• ६ साउन २०८२, मङ्गलबार

फ्रान्सेली विदेशमन्त्री किएभमा

blog

किएभ, यूक्रेन, साउन ५ गते । फ्रान्सका विदेशमन्त्री जाँ-नोएल ब्यारोट रूस विरुद्धको लडाइँमा युक्रेनलाई समर्थन गर्ने उद्देश्यले दुई दिने भ्रमणका लागि सोमबार किएभ आइपुगेको जनाइएको छ । ब्यारोँले युक्रेनी समकक्षी एन्ड्री सिबिगा, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नव-मनोनीत प्रधानमन्त्री युलिया स्विरिडेन्कोलाई भेट्ने अपेक्षा गरिएको छ ।

“फ्रान्स र युरोपेली सङ्घले रूसविरुद्ध अपनाएको प्रतिबन्धको सन्दर्भमा मन्त्रीले युक्रेनका लागि फ्रान्सको समर्थनको समीक्षा गर्ने कार्यक्रम तय भएको फ्रान्सेली विदेश मन्त्रालयले  प्रेस विज्ञप्तिमार्फत जनाएको छ । युरोपेली सङ्घले शुक्रबार युक्रेन युद्धलाई लिएर रूसमाथि नयाँ प्रतिबन्ध जारी गरेको छ । यसको परिणामस्वरुप विश्वमा निर्यात हुने रूसी तेलको मूल्यलाई बजार मूल्यभन्दा १५ प्रतिशतले कम गरेको जनाइएको छ ।

“रुसी सेनाले युक्रेनको ऊर्जा पूर्वाधार र युरोपेली महादेशको सुरक्षालाई खतरामा पार्दै नियमित आक्रमणहरू गरिरहँदा युक्रेन भ्रमणमा रहनु भएका मन्त्रीले चेर्नोबिल आणविक उर्जा संयन्त्रका ेसमेत भ्रमण गर्ने फ्रान्सेली विदेश मन्त्रालयले जनाएको छ । फ्रान्सले फेब्रुअरीमा रूसी ड्रोनले प्रहार गरेको युक्रेनको चेर्नोबिल आणविक संयन्त्रमा विकिरण नियन्त्रण गर्न मद्दत गर्न योगदान पुर्याएको छ । रासस/एएफपी