• ६ साउन २०८२, मङ्गलबार

विश्व स्ट्रेन्थलिफ्टिङमा केदारमानलाई स्वर्ण

blog

पदकसहित केदारमान स्थापित ।

काठमाडौँ, साउन ५ गते । केदारमान स्थापितले १२औँ विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ । 

असार ३२ देखि साउन ३ गतेसम्म थाइल्यान्डको पटायामा भएको प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौलसमूहमा स्वर्ण जित्नुभएको थियो । प्रतियोगितामा उहाँको लगातार चौथो सहभागिता हो । उहाँले चारै पटक पदक जित्नुभएको छ । 

काजाकिस्तानमा भएको ११औँ संस्करणमा पनि उहाँले स्वर्ण जित्नुभएको थियो । इस्तै किर्गिस्तान र भारतमा भएको क्रमश: नवौँ र १०औँ संस्करणमा उहाँले रजत जित्नुभएको थियो ।