कालीकोटको रास्कोट नगरपालिकाले प्रक्रिया मिचेर कर्मचारीको छनोट गरेपछि विवाद भएको छ । नगरपालिकामा रिक्त अमिन चौथो पदका लागि छनोट प्रक्रिया नमिलेको भन्दै एक स्थानीयले जिल्ला प्रशासन कार्यालय कालीकोटमा उजुरी दिएका छन् ।
स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।
सिरहा जिल्लामा गाडिएका ४३३ डिप बोरिङ्गमध्ये आधाभन्दा बढी सञ्चालनमा आउन नसकको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ मानव जीवनका लागि वातावरण स्वच्छ राख्नुपर्ने बताउनुभएको छ ।
नेपालकै कान्छो प्रदेशको रुपमा स्थापित कर्णाली प्रदेशले यस वर्ष पनि आफ्नो स्थापना दिवस विशेष रूपमा मनाउन लागेको छ ।
म्याग्दीको प्रदेश अस्पताल बेनीमा उपचारका लागि आएकी ७० वर्षीया महिलामा मियासिस पुष्टि भएको छ । मियासिस मानव शरिरमा जीउँदो माइगोट(लार्भा-किरा)को सङ्क्रमण हुने समस्या हो ।
गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा चलेको एकमहिने साउने मेलाबाट २५ लाख रुपियाँ भेटी सङ्कलन भएको छ ।
यहाँको महाशिला गाउँपालिका–६ मा रहेको सम्भावित फलामखानी उत्खनन गर्न स्थानीयवासीले पुनःमाग गरेका छन् विगत चार वर्षअघि पनि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडाँैको टोलीले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन, अनुसन्धानमात्र गरेर फर्किएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिमकोटमा सधैँ भिडभाड र लामो लाइनमा बसेर खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता हटेको छ । हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै लिमिटेडले उपलब्ध गराउने कोटाको खाद्यान्न प्रयाप्त आउन थालेपछि सो समस्या हट्दै गएको हो ।
विशेषतः हिन्दु महिलाहरूले तिजलाई व्रत, भक्ति, नाचगान र सामूहिक एकताका रूपमा मनाउने गर्छन् । यो पर्व भाद्र शुक्ल तृतीयाका दिन पर्दछ । नेपालको सांस्कृतिक परम्परामा तिज पर्व विशेष महìवको रहेको छ । विशेषतः हिन्दु
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सङ्गठित सदस्यको भूमिकामा रहेर काम गरिरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा
हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा अवस्थित मुक्तिनाथ मन्दिरमा चढाएको भेटीसम्बन्धी फैलसा भएको एक दशक बितिसक्दा समेत कार्यान्वयन भएको छैन ।
दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधि पाल्पा जिल्ला भलिबल सङ्घले चुमेको छ ।श्रीनगर भलिबल क्लबको आयोजनामा तानसेनको टुँडिखेल मैदानमा सम्पन्न खेलमा संघले फरइभर जापान जोकियो भलिबल क्लबलाई ३–२ सेटले पराजित गरेको हो ।
पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने ओराली–ठाकुरद्वारा सडक निर्माणको काम तीन वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । सडक निर्माण नहुँदा निकुञ्ज अवलोकनका लागि आउने पर्यटक र स्थानीयलाई सास्ती भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दियाको बबई पुलको छेउछाउ पछिल्ला वर्ष गोहीको प्राकृतिक वासस्थानका रूपमा विकसित हुँदै गएको छ । पुलको तल्लो भागमा अहिले एक दर्जनभन्दा बढी मगर र घडियाल गोही देख्न सकिन्छ, जसका कारण यो स्थान पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।