समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
गण्डकीमा प्रदेश संरचना सुरु भएको आठ वर्षपछि प्रदेश सभाको नयाँ भवन निर्माण प्रक्रिया अघि बढेको छ । नगर विकास प्रशिक्षण केन्द्रको साढे चार दशकअघि बनेको पुरानो भवनलाई जीर्णोद्धार गरी अहिले प्रदेश सभाको अस्थायी कार्यालय बनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुमपश्चिमका छ वटै स्थानीय तहमा पालिकास्तरीय भेलामार्फत नेतृत्व चयन गरेको छ । प्रथम पालिका भेलामार्फत सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको रास्वपा रुकुमपश्चिमले जनाएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–१३ र १४ को सीमामा पर्ने नारायणखोलामा पुल निर्माण कार्य अलपत्र पर्दा जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने नारायणखोलाका स्थानीय सास्ती खेप्न बाध्य भएका छन् ।
चाडपर्व नजिकिएसँगै सल्यानमा मादल बनाउने चटारो बढेको छ । विशेष गरेर तिज तथा तिहारका लागि मौलिक बाजा मादलको माग हुने गरेको छ । जिल्लाको शारदा नगरपालिका–१, श्रीनगरका मित्र नेपाली हिजोआज मादल बनाउन र मर्मत गर्नमा व्यस्त हुनुहुन्छ । करिब ३२ वर्ष अघिदेखि मादल बनाउने पेसामा लागेका उहाँले हाल आएर यो पेसालाई जीविकोपार्जनको मुख्य
विगत केही वर्षदेखि कार्यान्वयन हुन नसकेको दलित आयआर्जन कार्यक्रम कार्यान्वयन हुने भएको छ । कार्यक्रमको प्रभावकारिता नदेखिएपछि प्रदेश सरकारले बजेट कटौती गर्दै आएको थियो ।
बाजुराको हिमाली गाउँपालिकाका बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको छ । बाढीपहिरोले गाँसबासको समस्यामा परेका यहाँका स्थानीयलाई शुक्रबार हिमाली गाउँपालिकाले खाद्यान्न, भाँडाबर्तन र त्रिपाललगायतको राहत सामग्री वितरण गरेको हो । गत बुधबार राति बिच्छ्या खोलामाथिबाट आएको बाढी सिधै गाउँ पसेपछि घर, जमिन र खाद्यान्नलगायत सबै बगाएपछि स्थानीय पीडित बनेका छन् । यो बेला हिमाली गाउँपालिकाले चामल, नुन, तेल र भाँडा, त्रिपाल वितरण गरेपछि अहिले केही दिनका लागि भए पनि बिहान बेलुकीको छाक टार्न सहज भएको हिमाली–१, बिच्छ्याका सब्बले थापाले बताउनुभयो ।
कैलालीको गौरीशङ्कर सामुदायिक वनमा एउटै रुखमा १० महिनाकी छोरी र २१ वर्षीय आमा झुन्डिएको अवस्थामा बिहीबार मृत भेटिए । घटनास्थलका प्रत्यक्षदर्शी स्थानीयले आत्महत्या हो वा हत्या छुट्याउनै सकेनन् ।
राउटेहरू लोपोन्मुख आदिवासी हुन् । खस आर्य समुदायका पिछडिएको यो जातिले कर्णाली प्रदेशका पहाडी जिल्लामा फिरन्ते जीवन बिताउँदै आएको छ । उनीहरू खस भाषा बोल्छन्, हिन्दु धर्म मान्छन् । नेपाली भाषा पनि राम्रोसँग बोल्न र बुझ्न सक्छन् । स्थायी बसोबास र खेतीपाती नगर्ने राउटे बाँदर तथा अन्य जङ्गली जनावरको सिकार गर्ने र कन्दमूल, फलफूल, अन्नपात र अन्य वनस्पति खाएर जीविका चलाउने गर्छन् । उनीहरू पानी नजिक भएको पहाडी जङ्गल र समथर जमिनमा बस्न रुचा
वर्तमान उच्चशिक्षालाई समय अनुसारको र रोजगारी सिर्जना गर्ने खालको बनाउनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने हक सुनिश्चित गरेको छ । नेपालमा पहिलो पटक २०४७ सालको संविधानले नै यसको सुनिश्चित गरेको थियो । त्यसबेला सूचनाको हकलाई संवैधानिक प्र
मानिस समाजमा बस्छ । समाजमा विभिन्न वर्ग हुन्छन्, वर्गका पनि विभिन्न पात्र र प्रवृत्ति अनुसार समाज सञ्चालनका नियमको खोजी भयो । व्यक्तिगत सम्पत्तिको जन्म भएपछि वर्ग र सत्ता जन्मिए । सङ्घर्षलाई मत्थर गर्न सत्य खोजी गर्ने बहानामा धर्मलाई प्रचार गर्न थालियो । धर्मको
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले ताप्लेजुङको स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका अलैँची जन्य मसला र खाद्य सामग्रीको अवलोकन गर्नुभएको छ ।
नेपालमा लामो समयदेखि भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी समस्या छ । यो सवाल देशको समाजिक, आर्थिक र राजनीतिक रूपमा बहसको केन्द्रमा रहँदै आएको छ । विडम्बना के छ भने समस्या समाधान गर्ने नाममा राज्यका नीतिहरू गलत प्रयोग हुँदै आएको छ ।
नेपालमा एकल महिलाको सङ्ख्या बर्सेनि बढ्दै छ । राष्ट्रिय तथ्याङ्क कार्यालय (२०७८) का अनुसार देशका कुल घरपरिवारमध्ये १२ प्रतिशतमा विधवा महिला र दुई प्रतिशत अन्य एकल महिला (सम्बन्धविच्छेद, छुट्टिएर बस्ने वा अविवाहित) गरी जम्मा १४ प्रतिशतमा एकल महिला रहेका छन् । यस तथ्याङ्कको सतहमुनि हजारौँ महिला छन् । यी महिलाले श्रीमान्को असहयोग, हिंसा वा विश्वासघात सहन नसकेर अलग बस्न थालेका भए पनि, कानुनी मान्यता नपाउँदा उनीहरू राज्यका नीतिमा गुमनाम रहन्छ ।