थारू कल्याणकारिणी सभा दाङले थारू समुदायको अट्वारी पर्वमा प्रदेश र स्थानीय सरकारसँग दुईदिनको सार्वजनिक बिदा माग गरेको छ ।
गीतकार नारायण खतिवडाको व्यङ्ग्यात्मक गीतिशैलीको तिज गीत भिडियो नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबसहित अन्तर्राष्ट्रिय प्लेटफर्ममा सार्वजनिक गरिएको छ । ‘तिज बरिलै’ शीर्षमा सार्वजनिक गरिएको भिडियोमा कतै विकृतिप्रति व्यङ्ग्य प्रहार गरिएको छ भने कतै यस पर्वको महत्व बुझी मनाउनेप्रति सम्मान व्यक्त गरेको भाव रहेको छ ।
साहित्यकार रमेश क्षितिजलाई ‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ प्रदान गरिएको छ । प्रतिष्ठानले २०८१ सालमा प्रकाशित पुस्तकमध्येबाट चर्चित कवि तथा आख्यानकार क्षितिजको कथासङ्ग्रह ‘एउटा मायी नगरमा’ लाई उत्कृष्ट कृतिका रूपमा पुरस्कृत गरेको हो ।
गोरखा नगरपालिका – १३ स्थित सिमलगैरामा करिब दुई अर्ब १९ करोड ९५ लाख रुपियाँको लागतमा अर्धजलासययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
गायक युवराज चौलागाईंले आफ्नो जन्मदिनका अवसरमा वृक्षरोपण गर्नुभएको छ । पवित्र पाशुपत् क्षेत्रको भण्डरखालमा उहाँले वृक्षरोपण गर्दै जन्मदिन मनाउनुभयो । उहाँले अघिल्लो वर्षदेखि नै जन्मदिनका अवसरमा वृक्षरोपण गर्ने र आफूले रोपेको रुखको हेरचाह गर्दै आउनुभएको छ ।
पठन संस्कृतिका १६ औँ शृङ्खलामा कविवर गोविन्दराज विनोदीको भ्रमण काव्य ‘यात्राको सुवास’ विमोचन गरिएको छ । यात्राको सुवास कविता, काव्य, बालसाहित्य, गजल र समालोचना विधामा विनोदीको २१ औँ कृति हो । उहाँका माहाकाव्य र खण्डकाव्य पनि प्रकाशनमा आइसकेका छन् ।
केहि दिन अघि गुल्मीको रेसुङ्गा नगरपालिका–६ हर्राचौरका ४३ वर्षीय सूर्यप्रसाद आचार्यको गोठ भत्किएर एउटा भैंसी र पाडो मरे । आचार्यको ढुङ्गा माटोले बनेको दुई तले कच्ची गोठ अविरल बर्सातका कारणले भत्किएको थियो ।
कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयको अनुगमन तथा नियमन क्षेत्रका आधाभन्दा बढी (५६३ वटा, ५२.३७ प्रतिशत) सहकारी सङ्घ संस्थाले आर्थिक वर्ष २०८०/८१ को विवरण बुझाएका छैनन् । प्रदेश सहकारी रजिस्ट्रारको नियमनमा १४ जिल्लाका एक हजार ७५ वटा सहकारी सङ्घ संस्था छन् ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले एक वर्षपछि कार्यकारी उपाध्यक्ष पाएको छ । एक वर्षदेखि नेतृत्वविहीन कोषमा नयाँ कार्यकारी उपाध्यक्षका रूपमा अनिलराज पौडेल नियुक्त हुनुभएको हो ।
नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त हुनुभएको छ । उहाँलाई २०८२ भदौ १ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको कोषले जनाएको छ ।
राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची छ ।
गत आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रसँग सम्बन्धित योजनाको कार्यान्वयन अवस्था अपेक्षा अनुसार प्रभावकारी देखिएको छैन ।
मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार देशभर साधरणतया बदली रहने जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ ।
बैतडीमा सिमेन्ट उद्योग खोल्न सडक विभागसँग राय माग गरिएको छ ।
हेर्दा चिटिक्क खपिनसक्नु पिरो तर आम्दानी भने २५ लाख रुपियाँ । पिरोमा पनि यो मिठो स्वाद हो इलामका सूर्योदय नगरपालिका–१२, आठघरेका किसान मदन राईले अकबरे खेतीबाट लिएको । उहाँले खर्चिएको परिश्रम र मेहनत अकबरे बगानमा गएर हेर्नेले जिब्रो काढ्छ ।