गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ३ गते । साहित्यकार रमेश क्षितिजलाई ‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ प्रदान गरिएको छ । प्रतिष्ठानले २०८१ सालमा प्रकाशित पुस्तकमध्येबाट चर्चित कवि तथा आख्यानकार क्षितिजको कथासङ्ग्रह ‘एउटा मायी नगरमा’ लाई उत्कृष्ट कृतिका रूपमा पुरस्कृत गरेको हो ।
प्रतिष्ठानले स्वदेशमै प्रकाशित नेपाली भाषाका विभिन्न विधाका उत्कृष्ट कृतिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले क्षितिजलाई नगद ३० हजार रुपियाँसहित सम्मानपत्र प्रदान गर्नुभयो । क्षितिजको यो पहिलो कथासङ्ग्रह हो । उहाँका यसअघि ‘पर्वत पर्वतमा बटुवा घाम’, ‘अर्को साँझ पर्खेर साँझमा’, घर फर्किरहेको मानिस कवितासङ्ग्रह र ‘आफैँ आफ्नो साथी भएँ’ गीतसङ्ग्रह प्रकाशित छन् ।
क्षितिजले आख्यानमा कविताको सर्वोच्चता कायम गरेको वरिष्ठ साहित्यकार प्रह्लाद पोखरेलले भनाइ छ । यसै गरी कार्यक्रममा साहित्यकार शशिविक्रम राणालाई १५ हजार नगद राशिसहित सम्मान प्रदान गरिएको छ । प्रतिष्ठानले २०७४ सालदेखि स्मृति पुरस्कार प्रदान गर्दै आएको छ ।