२० वर्षअघि सशस्त्र द्वन्द्वकालको समयमा तत्कालीन विद्रोही पक्षसँग भएको भिडन्तका क्रममा प्रहरी सहायक निरीक्षकको बायाँ खुट्टामा लागेको गोलीको छर्रा शल्यक्रिया गरेर निकालिएको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पताल प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. दीपा न्हुच्छे प्रधानले
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ वभनगामा निर्माण भएको कलभर्टको पर्खाल भत्किएको छ । जण्डौल–कुशहा सडकस्थित वभनगामाको ग्रामदेवता डिहिबार थानदेखि कट्टीसम्म सडक ढलान भएको कल्भर्टको पर्खाल दुई महिनामै भत्किएको हो ।
जिल्लाको तमानखोला गाउँपालिका सेवाग्राही खोज्दै सहर पस्ने तयारी थालेको छ । गाउँ र वडा कार्यालयमा सेवाग्राहीको उपस्थिति कम भएपछि गाउँपालिकाले विभिन्न सहरमा शिविरको आयोजना गरेर सेवा प्रदान गर्ने तयारी थालेको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङमा शनिबार परेको भीषण वर्षाले पु-याएको क्षतिको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनपछि मन्त्री अधिकारीले जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बो
मनाङ जिल्लाको प्रमुख आकर्षणमध्ये एक ङ्यामलुङ ताल हाल सङ्कटमा पर्न थालेको छ । समुद्री सतहबाट तीन हजार ८२० मिटरको उचाइमा अवस्थित यो ताल हाल जलवायु परिवर्तन, हिमपहिरो र मानवीय गतिविधिका कारण सुक्ने अवस्थामा पुगेको छ । गर्मीयामपछि तालको पानी झन् कम हुँदै गएका कारण यो ताल अब अस्तित्व गुमाउने खतरामा पुगेको विज्ञहरूले चेतावनी दिएका छन् ।
रौतहटको गौरमा १९ वर्षअघि भएको हत्याकाण्डको छानबिन गर्न सर्वाेच्च अदालतले परमादेश दिएपछि राजविराजमा प्रदर्शन भएको छ ।
बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिको विषयमा विधान अधिवेशनले थप प्रस्ट पार्ने बताउनुभएको छ ।
वीरगञ्ज कारागारको भौतिक संरचना जीर्ण र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ । यहाँको कारागारको क्षमता एक हजार कैदी राख्ने भएता पनि अहिले यहाँ कैदी र थुनुवा गरेर एक हजार तीन सय १० जनाभन्दा बढी रहेका छन् ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको मालढुङ्गादेखि बलेवा खण्डमा भीषण पहिरोले सडक अवरुद्ध भएको साता बितिसकेको छ । अस्थायी रुपमा जोखिम मोल्दै केही गाडी पास भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
शुक्लाफाँटा नगरपालिकामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखापरेको छ । नगरपालिकाको पशु विकास शाखा उपचार केन्द्रमा उपचारका लागि ल्याइएका कुकुरमा पहिलोपटक सो सङ्क्रमण देखापरेको हो ।
विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको छ । यो सँगै बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको हो ।
नेपालका पहाडी भेगहरूमा मनाइने मौलिक कृषि पर्वमध्ये एक हो - “हरेलो”, जसलाई धानको न्वारन गर्ने परम्परा भनेर चिनिन्छ ।
डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो ।