रेखीराम राना
तानसेन, भदौ ३ गते । दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधि पाल्पा जिल्ला भलिबल सङ्घले चुमेको छ ।श्रीनगर भलिबल क्लबको आयोजनामा तानसेनको टुँडिखेल मैदानमा सम्पन्न खेलमा सङ्घले फरइभर जापान जोकियो भलिबल क्लबलाई ३–२ सेटले पराजित गरेको हो ।
सङ्घले २५–१७, २२–२५, २६–२८, २५–२१ र १३–१५ को सेटमा जापान टोकियो भलिबल क्लबलाई पराजित गर्यो । सङ्घले नगद एक लाख ७५ हजार, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता फरइभर जापान जोकियोले नगद एक लाख २५ हजार ट्रफी र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जिएम समाज नवलपुरलाई ३–१ लेपछि पार्दै तेस्रो भएको छ । उसले ६० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्तवना भएको नवलपुरले ३० हजार नगद ट्रफी र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा पुरुषतर्फ ५ टिमको सहभागिता थियो ।
महिलातर्फ चण्डेश्वरी विजयी
यस्तै महिलातर्फ निस्दी भलिबल क्लबलाई पछि ३–० को सेटमा पछि पार्दै चण्डेश्वरी युवा क्लब रिब्दीकोट–६, ठिमुरे पहिलो भएको छ । प्रथम हुने चण्डेश्वरीले ३० हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । दोस्रो भएको निस्दीले नगद २० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । महिलातर्फ तेस्रो भएको कानुङ भलिबल क्लब पाल्पाले ३–० को सेटमा न्यु होराइजन भलिबल क्लब तानसेनलाई पछि पार्दै तेस्रो भएको छ ।
तेस्रो हुने कानुङ भलिबल क्लबले १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाए भने सान्त्वना भएको न्यूहोराइजन हुनेले पाँच हजार पुरस्कार प्राप्त गरेको छ ।
विजेता टिम तथा खेलाडीलाई लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु, श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्णबहादुर आले, नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठलगायतले नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र वितरण गर्नुभयो ।