• ३ भदौ २०८२, मङ्गलबार

खाद्यान्न लिन बस्नुपर्दैन लाइन

blog

लिमिटेडको गोदामबाट खाद्यान्न खरिद गरेर लग्दै सर्वसाधारण । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, भदौ ३ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिमकोटमा सधैँ भिडभाड र लामो लाइनमा बसेर खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता हटेको छ । हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै लिमिटेडले उपलब्ध गराउने कोटाको खाद्यान्न प्रयाप्त आउन थालेपछि सो समस्या हट्दै गएको हो ।

दुई वर्ष अघिसम्म बिहान पाँच बजेबाट लाइनमा बसेर दिउँसो ३ बजे पाँच केजी खाद्यान्न लिएर घर पुगेको बताउँदै सिमकोट गाउँपालिका–७ का टक्कबहादुर शाहीले हाल लाइनमा बस्नु नपर्ने बताउनुभयो ।

एक त कोटा भाग रहेको र त्यसमाथि आवश्यक परेको बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिमकोट शाखाको कार्यालयमा पुगेपछि आवश्यक खाद्यान्न पाउने भएपछि धेरै समस्या हटेको उहाँको भनाइ छ ।

अर्को घटना सम्झदै शाहीले चार वर्ष अगाडि दशैँमा दुई केजी खाद्यान्न पाएको र त्यसबाट दशैँमा अक्षता बनाउने समस्या टरेको सुनाउनुभयो । अझ खाद्यान्न लिनकै लागि प्रमुख जिल्ला अधिकारी अधिकारीको कार्यालय धाउनुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । खाद्यान्न लिन कुनै सास्ती नै खेप्नु नपर्ने बताउादै उहाँले रकम भए पुग्ने बताउनुभयो ।

सडक सञ्जाल जोडिएकै कारण खाद्यान्न आपूर्ति सहज हुँदा हुम्लावासीले खाद्यान्न लिन घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता हटेको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बाउननुभयो । हवाई मार्गबाट खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यताले कहिल्यै निर्धारित कोटाको खाद्यान्न जिल्लामा ढुवानी नसकेका कारण खाद्यान्न ढुवानी कमी र माग बढी हुँदा खाद्यान्न समस्या देखिएको उहाँको भनाइ छ । गत वर्षबाट पैदल मार्गबाट खाद्यान्न आपूर्ति हुन थालेपछि तोकिएको कोठाको खाद्यान्न समयमै ढुवानी हुनुले पनि समस्या ननिम्तएको उहाँले बताउनुभयो । सधैँ नपाउने भएका कारण पहिले खाद्यान्न भएको बेला सवै उपाय प्रयोग गरेर खाद्यान्न निकालेर मौज्दात गर्नुपर्ने बाध्यता हुम्लावासीमा पनि रहेको उहाँको भनाइ छ ।

जनसङ्ख्या अनुसार खाद्यान्न कोटा प्रयाप्त
हुम्ला जिल्लाको जनसङ्ख्या ५५ हजार ३९४ छ । यो जनसङ्ख्याका लागि लिमिटेडले जिल्ला कै माग अनुसार निर्धारण गर्ने खाद्यान्न कोटा प्रयाप्त भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनुभयो । उहाँले हुम्लाको खाद्यान्न समस्या पहिलेसँग तुलना गर्न नमिल्ने बताउँदै अहिले सर्वसाधारणले आवश्यक खाद्यान्न सहज रुपम लिने गरेको बताउनुभयो । अर्को कुरा जिल्लामा भएको जनसङ्ख्यामध्ये केही जिल्ला बाहिर बस्ने भएकाले पनि खाद्यान्न सहज रुपमा उपलब्ध हुने गरेको उहाँको भनाइ छ ।

बजार मूल्यभन्दा लिमिटेडको खाद्यान्न सस्तो पनि पर्ने बताउदै निर्धारित कोटाको खाद्यान्न पर्याप्त रहेको उहाँले बताउनुभयो । पहिले प्रमुख जिल्ला अधिकारीको कामै खाद्यान्नको चिट काट्ने भए पनि आफू जिल्लामाा आएपछि त्यो काम गर्नु नपरेको भनााइ उहाँको छ । नयाँ आर्थिक वर्षको खाद्यान्न ढुवानीको ब्यवस्था नभए पनि हाल शाखाको गोदाममा खाद्यान्न मौज्दात राम्रो रहेको उहाँले बतााउननुभयो । सर्वसाधारणका लागि खाद्यान्न उपलब्ध गराउनका लागि जिल्ला सात वटा गाउँपालिकामा एउटा शाखा, दुई वटा डिपो र छ वटा बिक्री केन्द्र स्थापना गरिएको छ । अघिल्लो आर्थिक वर्षकै खाद्यान्न कोटा मध्य हाल डिपो र शाखामा गरी सात हजार १०१ दशमलव ६७ क्वीन्टल खाद्यान्न मौज्दात रहेको उहाँको भनाइ छ ।

१३ करोडभन्दा बढीको खाद्यान्न बिक्री
गत आर्थिक वर्षको असार मसान्तसम्म १३ करोड १९ लाख पाँच हजार ७५ ददशमलव ४१ रुपियाँको खाद्यान्न बिक्री गरिएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णबहादुर पुनमगरले बताउनुभयो । यो लिमिटेडको शाखा, डिपो र बिक्री केन्द्रमा बिक्री भएको १४ हजार ९३८ दशमलव ७८ क्वीन्टल खाद्यान्न बिक्रीबाट प्राप्त भएको नगद हो । जिल्लाका लागि शाखा, डिपो र बिक्री केन्द्रका लागि २३ हजार २२७ दशमलव दश क्विन्टल खाद्यन्न प्राप्त भएको थियो । लिमिटेडको शाखाबाट हाल पौष्टिक तत्वयुक्त बास्मती, जिसा मसिनो, अरुवा सोना मन्सुली, अरुवा मोटालगायत सात प्रकारको चामललाई फोर्टीफाइड गरिएकाले गुणस्तीय खाद्यान्न बिक्री भइरहेको उहाँले बताउनुभयो ।