• ३ भदौ २०८२, मङ्गलबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

blog

काठमाडौँ, भदौ ३  गते ।  स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९५ हजार १०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु. दुई हजार ३०० मा खरिदबिक्री भइरहेको छ । 

सोमबार एक तोला सुन रु. एक लाख ९६ हजार ३०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु. दुई हजार ३१५ मा क्रयविक्रय भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस