वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित राजधानीको धुम्बाराहीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा आएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशव्यापी रूपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार ३९२ जना लाभान्वित भएका छन् ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।
इलाममा यस वर्षको उत्पादन सुरु हुन थालेको छ । चिया उत्पादनको मुख्य क्षेत्र रहेको इलाममा केही उद्योगका लागि पहिलो टिपाइ वा ‘फस्ट फ्लस’ को काम सुरु भएको छ । बर्सैभरिको उत्पादनमध्ये गुणस्तरीय मानिने पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वसाथ लिने गरेका छन् ।
निजी क्षेत्रको लगानीमा पनि औद्योगिक ग्राम स्थापना गर्न सकिने व्यवस्था गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधि २०८१ कार्यान्वयनमा ल्याई सो व्यवस्था गरेको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भए पनि अब त्यस्तो बदमासीको अन्त्य भएको बताउनुभएको छ ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पुँजीगत खर्च बढाउन सक्रियता देखाएको छ । विशेष गरी विकास निर्माणमा हुने यस्तो खर्च बढाउने अर्थले विषयगत मन्त्रालयसँग मङ्गलबार छलफल पनि गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्टको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्न सिमेन्ट उद्योगीलाई निर्देशन दिएको छ ।
अतिकम विकसित राष्ट्र (एलडिसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन करिब २० वटा कानुनका व्यवस्था संशोधन र खारेजी आवश्यक रहेको संसदीय अध्ययनले देखाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको विषयले प्राथमिकता पाएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकै विषयान्तर भएको छ ।
मधेश प्रदेशमा सवारीसाधनमा उच्चस्तरीय प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको छ । यातायात व्यवस्था विभागले बर्दीबास र लहानबाट वितरण तयारी गरेको छ ।
सर्लाहीको बलरामा मङ्गबार दिउँसो करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । उखु खेतीमा विद्युतीय मोटर चलाएर पानी लगाउने क्रममा करेन्ट लागेर बलरा नगरपालिका –४, का ६५ वर्षीय गणेशप्रसाद सिंहको मृत्यु भएको हो ।
मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खस्दा मंगलसेनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मंगलसेन नगरपालिका १ कुन्तीका २० वर्षीय जीवन थापा रहनुभएको छ ।
लेबनानको नाबातीहमा मङ्गलबार भएको आक्रमणमा हेजबुल्लाहको एक वरिष्ठ सैन्य कमान्डरको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ ।
विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तर्राष्ट्रिय सहकार्यको महत्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सबर्ग क्लाइमेट डाइलग’ आयोजना गर्दै आएको छ।