राजविराज नगरपालिकाको बिटौरी तथा ब्लब जग्गाको लालपुर्जा वितरणको माग गर्दै जग्गा पीडित सङ्घर्ष समितिले बिहीबार देखि पुनः आन्दोलनको घोषणा गरेका छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पारित गरेको छ।
नेपाली समाजमा प्राचीन कालदेखि तिजलाई एक महìवपूर्ण पर्वको स्थान दिइएको छ । बाल्यकालमै विवाह भएर पराइघर पुगेका छोरीचेलीलाई माइतीकातर्फबाट निम्तो गरी ती चेलीहरूसमेत भेला भई दर खाएर रमाइलो गर्ने पर्व ति
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मल अभाव हुँदा किसानमा निराशा छाएको भन्दै मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग गर्नुभएको छ ।
नवलपुरको कावासोतीमा आलोक स्मृति राष्ट्रिय म्याराथुन प्रतियोगिता हुने भएको छ। जिल्ला खेलकुद् विकास समितिको आयोजनामा आगामी कात्तिक १ गते प्रतियोगिता हुने भएको हो।
अदालतमा आफ्नो सहानुभूति र विनम्र व्यवहारका कारण इन्टरनेटमा चर्चित भएका अमेरिकी न्यायाधीश फ्रान्क क्याप्रियोको ८८ वर्षको उमेरमा निधन भएको उहाँको परिवारले सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेको छैन।
थाइल्यान्डकी निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले कम्बोडियासँगको सीमा विवाद व्यवस्थापन गर्ने क्रममा पदबाट हटाउन माग गरिएको मुद्दामा बिहीबार अदालतमा बयान दिनुभएको छ ।
एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको छ।
धनकुटाको सहिदभूमि ५ मा ढुङ्गै ढुङ्गाको एक अनौठो स्थान छ । स्थानीयले सो स्थानलाई किवा ढाडा भन्ने गरेका छन् ।
पद्मकन्या बहुमुखी क्याम्पसले कविता प्रतियोगिता आयोजना गरी १६० औँ मोतीजयन्ती मनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले लामो समयदेखि प्रतिक्षित विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गर्नुभएको छ ।
सप्तरीमा ७५ प्रतिशत खेतमा धान रोपाइँ भएको छ। १८ स्थानीय तह रहेको यस जिल्लामा सबैभन्दा बढी राजविराज नगरपालिका, राजगढ, छिन्नमस्ता गाउँपालिकामा ९० प्रतिशत खेतमा धान रोपाइँ भएको हो।
इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमणलाई अझ बढाउने र पश्चिम किनारको ई-१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने योजना बनाएपछि विश्वभरका नेताहरूले यस कदमको कडा विरोध गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।