नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।
अखिल नेपाल फुटवल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले चलचित्र ‘अञ्जिला’ मा देखाइएको सङ्घर्ष हरेक खेलाडीको जीवनीसँग मिल्ने बताउनुभएको छ ।
मध्यपुरथिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एक जनाकोे हत्या गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् ।
श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सङ्घीय संसदअन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।
हिमाली जिल्ला हुम्लामा भित्रिने यातायातका साधनहरुलाई अब खोला तर्नु नपर्ने भएको छ । यसअघि बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको पिलु खोलामा पुल नहुँदा खोला तर्नु पर्ने अवस्था रहेको भए पनि हाल बेलिब्रिज सञ्चालनमा आएपछि उक्त समस्या हटेको हो ।
कालीकोटको रास्कोट नगरपालिकाको मुल सडकको स्तरउन्नतीको काम सुरु भएको छ । संघ सरकारको चार करोड ५० लाख सहयोगमा नगरको मुल सडक खण्डको वडा नं ४ लडेखोलादेखि पोत्मारासम्मको पाच दशमल पाँच अर्थात साढे पाँच किलोमिटर सडकको स्तरवृद्धीको काम सुरु भएको हो ।
केही दिनदेखि अवरुद्ध सुदूरपश्चिम प्रदेश सदन खुलाउने विषयमा मङ्गलबार दलहरूबिच छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सभामुखको कार्यालयमा छुट्टैछुट्टै भएको छलफलमा दलहरू सहमतिनजिक पुगेका छन् ।
जिल्लाको भुम्लु गाउँपालिका–७ र ८ का भूमिहीन स्थानीयलाई लालपुर्जा उपलब्ध गराउन नापी कार्यालयका कर्मचारीले काम तीव्र बनाएका छन् । लालपुर्जाविहीन स्थानीय नागरिकलाई लालपुर्जा उपलब्ध गराउन नापीका दुई टोली कार्यक्षेत्रमा गई काम सुरु गरेसँगै नागरिकमा लालपुर्जा पाउने आशा बढेको हो ।
बाजुरामा बालविवाह गर्ने चलन अझै हटेको छैन । यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनले धेरै पटक चेतनामूलक कार्यक्रम गरे पनि अभिभावकको संरक्षण र बालबालिकाको मिलेमतोमा बालविवाह गर्ने चलन कायम रहँदै आएको हो ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान सञ्चालन हुने भएको छ । हवाई उडान ठप्प भएको करिब साढे तीन महिनापछि आगामी शनिबारबाट नियमित हवाई उडान सुरु हुने भएको हो ।
नेपालमा विभिन्न बहानामा निर्माण व्यवसायीहरुले काममा ढिला सुस्ती गर्ने र समयमा काम सम्पन्न नगर्दा त्यसको सास्ती स्थानीयले बेहोर्नु पर्दछ, तर बर्दियाको एउटा यस्तो आयोजना जसले देशभरका निर्माण व्यवसायीलाई पाठ सिकाउन सफल भएकोे छ ।
कुनै अध्यायको आरम्भ भएपछि त्यसको समापन हुन्छ । नेपालको शान्ति प्रक्रियाको समापन अर्थात् बिट पूरा हुन भने अझै बाँकी छ ।