प्रतिपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् ।
जिल्लाको रूपनी गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीया रोशनकुमार यादवको वैदेशिक रोजगारीको क्रममा मृत्युु भएको छ । वैदेशिक रोजगारीका लागि २० दिन अघि कतार गएको यादवको रोजगारीकै क्रममा यही चैत ६ गते मृत्युु भएको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले बताउनुभयो ।
दन्तकाली क्वेरिजले धनकुटाको सहिदभूमि गाउँपालिका ७ साल्बोटे र पाखाटोलमा २५ हेक्टर क्षेत्रफलमा सिमेन्ट बनाउने ढुङ्गा निकाल्छ । क्वेरिजको मुख्य कार्यालयमार्फत शिवम्, सौर्य र रिद्धि सिमेन्ट उद्योगले यतिवेला दैनिक ४० वटासम्म टिप्परले उक्त क्षेत्रबाट ढुङ्गा लैजाने गरेको छ ।
उत्तरी वेस्ट बैंकको कल्किल्या शहरमा इजरायली सेनाले मङ्गलवार एक प्यालेस्टिनी व्यक्तिको गोली हानी हत्या गरेको छ । सैन्य सुदृढीकरणको समर्थनमा इजरायली विशेष बलहरू, यसको पूर्वी र उत्तरी दृष्टिकोणबाट शहरमा प्रवेश गरेका थिए ।
प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा विरोध गर्ने निर्णय गरेको छ ।
गैंडाकोट नगरपालिकाको वडा नं १०, ११, १२, १३, १६ र १७ लाई चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट हटाउन नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जसँग माग गरेको छ । उपप्रमुख तथा मध्यवर्ती खारेज संघर्ष समितिका संयोजक शान्ति कोइरालाले निकुञ्ज कार्यालय कसरा चितवन पुगेर सिफारिस पत्र बुझाउनु भएको हो ।
महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले चालू आर्थिक वर्षको आठ महिनामा ६९ वटा व्यवसायिक फर्मलाई कारबाही गरेको जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँ बस्ती सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष घाइते हुनुभएको छ ।
बैतडीमा यो वर्ष चार जना थप क्षयरोगी पत्ता लागेसँगै बिरामीको सङ्ख्या १०२ जना पुगेको छ । ९८ जना पुराना र यो वर्ष थप चार जना गरि १०२ जनाको क्षयरोगीको नियमित उपचार भइरहेको छ । तथ्याङ्क अनुसार बैतडीमा गत वर्ष क्षयरोगका कारण ११ जना र चालु आर्थिक वर्षमा दुई जना गरी १३ जनाको मृत्यु भएको छ ।
कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ लालीघाट नजिक कर्णाली नदीमा बेबारिसे शव फेला परेको छ । बजार नजिकै बुधबार बिहान ८ः५५ बजेको समयमा कर्णाली नदीको किनारामा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनायको छ ।
राजधानीको ऐतिहासिक वसन्तपुर दरबार स्क्वायरमा आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि क्युरियाे पसल सञ्चालन गर्दै, व्यापारी । दरबार स्क्वायर घुम्न आउने बाह्य पर्यटकहरुले नेपालको चिनोका लागि यस्ता क्युरिवका वस्तुहरु किनेर लग्ने गर्दछन् ।
प्रविधिको विकाससँगै भुक्तानीका साथै धनसम्पत्ति सञ्चय गर्ने नवीन साधन विकास भइरहेका छन् । यी साधनमध्ये अहिले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको र पार्न सक्ने साधनमध्ये एक क्रिप्टोकरेन्सी पनि हो ।
मुस्ताङमा साउन यता ६५ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमको तथ्याङ्कमा चालु आव २०८१/०८२ सालको साउनदेखि फागुन महिनासम्म ६५ हजार सात सय ३६ जना विभिन्न नाकाबाट मुस्ताङ प्रवेश गरेको एक्याप जोमसोमका वरिष्ठ संरक्षण शिक्षा सहायक शेरजंग गुरूङले जानकारी दिनुभयो ।
मङ्गला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्ल्यान–भर्जुला सडक स्तरोन्नति भएको छ ।