बागमती प्रदेशका कृषिमन्त्री प्रकाश श्रेष्ठले कृषि क्षेत्रको समग्र विकास उपलब्धिमूलक नरहेको बताउनुभएको छ । बुधबार कृषि विकास निर्देशनालय हेटौंडामा आयोजित अर्धवार्षिक समीक्षा गोष्ठी कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो।
हिमाली जिल्ला मुस्ताङ अदालतमा चालु आव २०८१/८२ को नौ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फछ्र्योट भएको छ ।
नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटको ‘पट–२’ मा परेको छ ।
एएफसी एसिएन कप छनोट–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।
नुवाकोटको पञ्चकन्या गाउँपालिकामा चैत ३० गते दोस्रो संस्करणको ‘पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिता–२०८१’ हुने भएको छ ।
गुल्मीको मुसिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–७ की ६० वर्षीया चन्द्रकला कुमालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बझाङ्गको खप्तडछान्ना गाउँपालिका तत्कालीन अध्यक्ष र वडा नम्बर ४ का वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
एउटा हातमा ब्रस अर्को हातमा रङको भाँडो । रङमा ब्रस डुबाउँदै दिनभरि चित्र कोर्न व्यस्त देखिनुहुन्छ रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका निवासी ३४ वर्षीय युवा नहकुल विश्वकर्मा ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा बिना लेवलका उत्पादनहरु खुलम खुला विक्री वितरण भइरहेको भेटिएको बताउनुभएको छ ।
आर्थिक वर्ष मुगुमा सङ्कलन भएर निकासी भएको जडीबुटीबाट राम्रो राजस्व प्राप्त भएको छ ।
इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ। आज बिहान ९ः३० बजे सुरु भएको आगो करिब छ घण्टापछि नियन्त्रणमा आएको हो।
म्याग्दी खोलामा निर्माणाधीन एक जलविद्युत आयोजनाले सुरुङबाट निकालिएको ढुङ्गा, माटो(मकिङ) लाई सिधै नदीमा फालेको छ ।
संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको वाणिज्य विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको दोेस्रो चौमासिकसम्म छ अर्ब ६२ करोड १३ लाख रुपियाँ बजेट खर्च गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठक स्थगन भएको छ।बुधबार बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो। दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त बैठक बिहीबार बस्ने जानकारी दिनुभयो।