राममणि दाहालहेटौँडा, चैत १४ गते । हेटौँडा उपमहानगरपालिका १ स्थित चौकीटालमा देवरद्वारा आफ्नै भाउजूको हत्या गरिएको छ । राहुल भन्ने रमेश दासले बुधवार भाउजू गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निज रमेशले जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नै घरको माथिल्लो तलाको कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा रहेको भन्ने खबर राति ९ः०० बजे प्राप्त भइ प्रहरी अनुसन्धान टोली पुग्दा मृतक जेठी भाउजुलाई माइलो दाजु रुपेश दासलाई खुकुरी प्रहार गर्नुभन्दा पहिले नै अढाइ तल्ले घरको दोस्रो तल्लामा रहेको कोठामा टाउकोमा धारिलो हतियार प्रहार गरी देवर रमेश दासले हत्या गरेको बुझिन आएको छ ।यस्तै दाजु २८ वर्षीय रुपेश दासलाई भाइ वर्ष २२-२३ का रमेशले घरायसी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको पाइएको छ । बुधवार दिउँसो ४ः१० बजेको समयमा भाइ रमेशले खुकुरी प्रहार रुपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागि गम्भिर घाईते बनाएको जानकारी प्राप्त भएपछि प्रहरीले रमेशलाई खुकुरीसहित नियन्त्रणमा लिएको थियो । निजलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएपछि भाउजूमाथि समेत खुकुरी प्रहरी गरेको खुल्न आएको थियो । घटनाको बारेमा थप अनुसन्धान हुँदै र घाइतेको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
भाषा, कला, साहित्य, सम्पदा, संस्कृति संरक्षणमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरिएको छ ।
चालु आर्थिक वर्षको आठ महिनामा पेट्रोलियम पदार्थको आयात वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुनसम्म एक खर्ब ७६ अर्ब १३ करोड २९ लाख १२ हजार रुपियाँ बराबरको १८ लाख ७० हजार ७७३ किलोलिटर इन्धन आयात भएको छ ।
नेपाल टेलिकमले २०८१ सालको एसइई परीक्षामा सहभागी परीक्षार्थीका लागि एसइई अफर २०८१ उपलब्ध गराउने भएको छ ।
सर्लाहीका किसानलाई आफूले उत्पादन गरेको गोलभेँडा बिक्री नभएर समस्या पर्न थालेको छ ।
जाजरकोटको शिवालय गाउँपालिकाका किसानले भारतबाट आयात भएका सस्तो दरका तरकारीका कारण आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । गाउँपालिकाको वडा नं. १ र २ का किसानले आफूहरूले उत्पादन गरेको तरकारी भारतीय सस्तो तरकारीले बजार नपाएको गुनासो गरेका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकामा श्रममा आधारित योजनाबाट चालु आर्थिक वर्षमा १२० जनाले रोजगारी पाएका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी), परिणाम, तौल र गुणस्तरको उल्लेख नभएका वस्तु बजारमा नल्याउन सचेत गराएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्वपूर्ण गन्तव्य भएको बताउनुभएको छ । उहाँले लुम्बिनीमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रहसमेत गर्नुभयो ।
नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ यही चैत १६ गते ७० औँ वर्षमा प्रवेश गर्दै छ । आफ्नो स्थापना दिवसका अवसरमा महासङ्घले केन्द्र, प्रदेश र शाखा समितिमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
सत्ता साझेदार सात राजनीतिक दलको बैठकले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई नियमित विधेयककै रूपमा अघि बढाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रमका सहभागीले विधेयक यही हिउँदे अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् ।
बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क हुने भएको छ ।
ऋतु अनुसारका चाडपर्वले गाउँघरमा रमाइलो मात्रै ल्याउँदैनन्, शैक्षिक उन्नयनका लागि वरदानसमेत बन्न थालेका छन् ।
जर्मनीको भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ ।