समाजवादी मोर्चा, नेपालले भारत र चीनबीचको समझदारीले नेपालको सार्वभौम अधिकारमा गम्भीर आघात पुगेको बताएको छ।
श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको छ ।
अस्ट्रेलियाली अस्पतालका शौचालयमा सयौँ मेडिकल सहकर्मीहरूको गोप्य भिडियो खिचेको आरोपमा एक प्रशिक्षार्थी शल्य चिकित्सकलाई शुक्रबार अदालतले जमानतमा रिहा गरेको छ ।
युरोपेली समय सीमा सकिन केही दिन मात्र बाँकी रहँदा इरानले शुक्रबार आफ्नो विदेशमन्त्री मार्फत तेहरानको आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घका प्रतिबन्ध टार्न फ्रान्स, जर्मनी र बेलायतका समकक्षीसँग टेलिफोन वार्ता गर्ने बताएको छ ।
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउन महिनामा ३२ करोड १७ लाख ६१ हजार बराबरको अलैँची निर्यात भएको हो ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले शुक्रबार हमासले इजरायलको सर्त स्वीकार नगरे गाजा सहर पूर्णरूपमा नष्ट हुन सक्ने चेतावनी दिनु भएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरणको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ।
११औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उशुमा स्वर्ण पदक विजेता जुनी राईलाई नेपाल प्रहरीले सम्मान गरेको छ ।
भारतको सर्वोच्च अदालतले नसबन्दी र खोप लगाएपछि नयाँदिल्लीका सडकबाट हटाइएका सबै बेवारिसे कुकुरलाई पुनः छाड्न आदेश दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराउनुभएको छ ।
सातदोवाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा स्टुडेन्ट एफसीले एफसी रियलेलाई ३–१ गोलले हरायो ।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुईदुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट हात पार्नुभयो । नेपालका लागि चार ओभर बलिङ गर्दा सन्दीप लामिछाने २८ रन दिएर विकेटबिहीन बन्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा धेरै परिवर्तन आइसकेको भन्दै मान्छेले मिठो खान, राम्रो लगाउन चाडपर्व नै कुर्नु पर्ने अवस्थाको अन्त्य होस् भनेरै हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताउनु भएको छ ।
गण्डकी प्रदेश सरकारको ‘क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०८२’ कान्ति बाल अस्पतालमा पनि कार्यान्वयनमा आएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –३, उदयटाँडी निवासी सामाजिक अभियन्तासमेत रहनुभएकी दिवंगत गोमा पौडेलको न्यायका लागि दबाब दिन गठित सङ्घर्ष समितिले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।