गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन नसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं ३ को आयोजनमा रुपन्देहीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै लेखकले अगाडि बढिसकेको कुनै पनि समाज पछाडि नफर्कने बताउँदै लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन नसक्ने बताउनुभएको हो ।
नेपालबाट चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवरमा सडक सञ्जालबाट जान सबैभन्दा सजिलो र कम खर्चिलो हुन्छ। मुस्ताङमा रहेको चीनसँगको कोरला नाकाबाट निकै छोटो र सजिलै पुग्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष विष्टले बताउनुभयाे ।
जाजरकोटको सबैभन्दा पुरानो मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा सहमतिमै नयाँ पदाधिकारी निर्वाचित भएका छन् ।
कलभर्ट बनाउन खनेको खाल्डोमा परेर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा देखिएको वर्तमान सङ्कट समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ५ गङ्गाजलीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको जनाइएको छ ।
बर्दिया प्रहरीले पछिल्लो समयमा फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । कर्तव्य ज्यान मुद्दाको दोषीदेखि सामान्य लेनदेन मुद्दाका प्रतिवादीहरू बर्दिया प्रहरीले धामधम पक्राउ गर्न थालेको छ ।
बागलुङका किसानले बाँझो जमिनमा व्यावसायिक ओखर खेती गर्न सुरु गरेका छन् । खाद्यान्न बाली लगाउँदा उत्पादन कम भएको भन्दै बाँझो जमिनमा किसानले अहिले नगदेबाली लगाउन सुरु गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर सङ्कटमा रहेको बताउनुभएको छ ।
म्याग्दीस्थित मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर यात्राका क्रममा पर्यटक आफैँले बन्दोबस्तीका सामान लिएर जानुपर्ने समस्या अन्त्य भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेर सञ्चालन गरेका म्याग्दीका ६ वटा बहु वर्षीय ठुला सडक आयोजनाहरूमा करिब १४ करोड रुपियाँ बजेट अभाव भएको छ । निर्माण व्यवसायीलाई काम गरे अनुसारको भुक्तानी दिनुपर्ने बजेट अभाव हुँदा निर्माण कार्य रोकिने अवस्था भएको छ ।
यहाँको टेम्केमैयुङ गाउँपालिकाले दलित समुदायलाई ‘व्यावसायिक सीपमूलक कार्यक्रम’ सुरु गरेको छ । न्यून आय भएकालाई आर्थिक रुपमा सक्षम, उद्यमशीलसँगै आत्मनिर्भर बनाउन कार्यक्रम थालेको हो ।
रवीन्द्र उप्रेतीबर्दिबास, चैत १४ गते । महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले यो वर्ष दुई लाख क्विन्टलभन्दा बढी चिनी उत्पादन गरेको छ । एभरेस्टले आर्थिक वर्ष ०८१÷८२ मा ३१ लाख ४ हजार १६३ क्विन्टल उखु क्रसिङ गरी कूल २ लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरेको हो । एभरेस्टका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यो उत्पादन गत वर्षको तुलनामा पाँच हजार ९९७ क्विन्टलले बढी हो । गत वर्ष (०८०÷८१) मा एभरेस्टले २९ लाख ४ हजार ५११ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ६४ हजार ५९१ क्विन्टल चिनी उत्पादन भएको थियो । तुलनात्मक रूपले यो वर्ष चिनी उत्पादन बढेको देखिए पनि क्रसिङ क्षमता अनुसार उखु उपलब्ध नहुँदा लक्ष्य बमोजिम भने उत्पादन हुन नसकेको ठाकुरले जनाउनु भयो । उहाँका अनुसार यो वर्ष एभरेस्टले ३५ लाख क्विन्टल उखु क्रसिङ गरी ३ लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको थियो । उखु भने लक्ष्यभन्दा करिब ४ लाख क्विन्टल कम आएकोले यसको असर उत्पादनमा परेको हो । अर्कोतर्फ चिनीको प्रतिलब्धि घटनाले पनि उत्पादनमा हृास आएको छ । गत वर्षसम्म चिनीको प्रतिलब्धि ९.११ प्रतिशत थियो । यो वर्ष घटेर ८.७२ प्रतिसतमा सिमित भएको छ । अर्थात् गत वर्ष एक क्विन्टल उखु क्रसिङ गर्दा ९ किलो ११० ग्राम चिनी उत्पादन भएको थियो । यसपाला भने उत्तिकै उखु क्रसिङ गर्दा घटेर ८ किलो ७२० ग्राममा सीमित भएकाले उत्पादन घटने अर्को कारण हो । वित्तीय महाप्रबन्धक ठाकुरले भन्नु भयो ‘चिनीको रिकभरी घट्नु अप्रत्याशित हो । यो समस्या हाम्रो मात्र नभएर भारतमा पनि यही अनुपातमा घटेको छ । के कारणले हो ? स्पष्ट हुन सकेको छैन ।’