नवनारी तिज उत्सव २०८२ मा गायक नारायण थापाले आफ्नो दमदार प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नु भएको छ। नवनारी म्यागेजिनको आयोजना एवं माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता त
बेनीमा बसोबास गर्ने नेवार समुदायले परम्परगत रुपमा प्रदर्शन गर्दै आएको बर्खेनाचअन्तर्गत शुक्रबार रोपाइँ नाच प्रदर्शन गरेका छन् ।
एक दिन उल्लसित तन, उमङ्गित मन र आल्हादित भावनाले भरिएर जीवनको गीत गाउन हिँडेको मात्र के थिएँ, कोही कसैले मलाई नै भने जस्तो गरी फ्याट्ट भनेको सुनेँ, “भाग्यमानीको भुतै कमारो ।” यो कुरा फगत एक अपवाद हो, एक आंशिक सत्य मात्र । किनभने जोकोही जतिसु
तिज नजिकिँदै गएपछि माइतीघरको सम्झना बेजोड आउने रहेछ । तिजको रौनक सहरमा बढ्दै गइरहेको थियो । एकदिन सासूआमाले भन्नुभयो, “यस वर्षको तिजमा तिमीलाई माइतीघर पठाइदिनु है भन्दै हुनुुहन्थ्यो, सम्धिनीले । लिनलाई भाइ पठाइदिन्छु भन्नुहुन्थ्यो तर हाम्रा त चेलीबेटी धेरै छन् । मिल्दैन नि !”
उर्मिला मेरी माइली दिदी । दिदीको परिवारले खोटाङ जान स्कोर्पियो व्यवस्था गर्नुभएको रहेछ ।
पिताजीले सन् १९७० को अन्त्यबाट सन् १९८० को मध्यसम्म आप्रवासी कामदारका रूपमा मध्यपूर्वी एसियामा चर्को घाम अनि मरुभूमिको तातोमा कठिनाइ झेल्दै निर्माण क्षेत्रमा मजदुरका रूपमा काम गर्नुभयो । जस्तोसुकै कठिनाइ भोग्नु परे पनि उहाँले कहिल्यै दुःख देखाउनुभएन ।
शैक्षिक गुणस्तर सुधारका लागि मेरिङदेन गाउँपालिकाले विद्यालय अनुगमनको कार्य सुरु गरेको छ । गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले शैक्षिक गुणस्तर सुधारका लागि प्रत्येक विद्यालयमा अनुगमनको कार्य थालनी गर्नुभएको हो ।
जयपृथ्वीबहादुर सिंहको विश्व शान्ति र मानवतावादको दृढ मौलिक धारणाका अगाडि ससुरा तत्कालीन श्री ३ चन्द्रशमशेरले सुम्पिएका पद र मानपदवीले कुनै अर्थ राखेनन् ।
आज बुबाको मुख हेर्ने दिन । गुल्मीदरवार गाउँपालिका–१ बलिथुमका २२ वर्षीय सुनिल विक बुबा बेपत्ता हुँदा ढाई वर्षका हुनुहुन्थ्यो ।
विसं १९७० साउन २६ गते जन्मेका नयराज पन्तले देश विकासका लागि प्राविधिक शिक्षा र प्राविधिक शिक्षाका लागि गणित शिक्षाको विकास अपरिहार्य भएको दृष्टान्त दिएका छन् । सो कुरा उनका कृतिको अध्ययनबाट जानकारी हुन्छ । देशको चौतर्फी विकासमा गणितको निरन्तर अनुसन्धान गर्नुपर्ने, वर्तमान ज्ञानला
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा आयातनिर्यात दुवै बढेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशतले बढेको हो । साउनमा एक खर्ब ४३ अर्ब ४० करोड ६६ लाख ६९ हजार रुपियाँको आयात भएको छ । गत वर्ष सो अवधिमा एक खर्र्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपियाँको आयात भएको थियो । निर्यात भने झन्डै दोब्बरले बढेर २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार पुगेको छ । गत वर्ष सो अवधिमा १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपियाँको निर्यात भएको थियो । साउनमा समग्र वैदेशिक व्यापार १८.७५ प्रतिशतले बढेर एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपियाँ पुगेको छ ।
नेपाल वायुसेवा निगमले जहाजको पाङ्ग्रामा आउन सक्ने ससाना दरार तथा प्राविधिक कमजोरी पत्ता लगाउने ननडिस्ट्रक्टिभ टेस्ट (एनडिटी) प्रविधि लागु गरेको छ । जहाज दुर्घटना र महँगो मर्मत खर्चबाट उपकरण जोगाउन सहयोग पुग्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त प्रविधिको सहयोगले सबै जहाजको पाङ्ग्रा, पाङ्ग्राको नट, बोल्ट, स्प्रिङलगायतका पार्टपुर्जामा आँखाले देखिने समस्या समाधान हुने निगमले जनाएको छ ।
शिक्षा विधेयकमा समावेश गरिएका केही व्यवस्थाप्रति आपत्ति जनाउँदै निजी विद्यालयका सञ्चालकहरुले सप्तरीमा प्रदर्शन गरेका छन् ।
नेपालका सोयाबिन तथा सनफ्लावर तेल उद्योगमा भारतको वाणिज्य विभागले अनुगमन गरेको छ । नेपालबाट सोयाबिन तथा सनफ्लावर तेल निकासी गर्दै आएका उद्योगले भारतीय ब्रान्डकै नाममा प्याकेजिङ गरेको आशङ्कामा विभागको टोलीले बुधबार निरीक्षण गरेको हो । सुनसरी–मोरङ कोरिडोरका पशुपती खाद्य आयल, क्वालिटी आयल, मारुती र बाबा ओयल इन्डस्ट्रिजको निरीक्षणपछि टोली फर्केको छ । भारतीय टोली नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत वस्तु उत्पत्तिको प्रमाणपत्र प्रमाणीकरण प्रयोजनका लागि आएको हो ।
नेपालमा क्लाउड सेवा प्रदान गर्दै आएको एक नेपाली सूचना प्रविधि कम्पनी अमेरिकी प्रविधि कम्पनीले खरिद गरेको छ । नेपाली आइटी कम्पनी एडेक्स इन्टरनेसनललाई अमेरिकी प्रविधि कम्पनी टेकबे डिजिटलले २४ लाख अमेरिकी डलर (३३ करोड ४१ लाख रुपियाँ) मा खरिद गर्ने सम्झौता गरेको एडेक्स व्यवस्थापनले जनाएको छ ।