बागलुङका किसानले बाँझो जमिनमा व्यावसायिक ओखर खेती गर्न सुरु गरेका छन् । खाद्यान्न बाली लगाउँदा उत्पादन कम भएको भन्दै बाँझो जमिनमा किसानले अहिले नगदेबाली लगाउन सुरु गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर सङ्कटमा रहेको बताउनुभएको छ ।
म्याग्दीस्थित मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर यात्राका क्रममा पर्यटक आफैँले बन्दोबस्तीका सामान लिएर जानुपर्ने समस्या अन्त्य भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेर सञ्चालन गरेका म्याग्दीका ६ वटा बहु वर्षीय ठुला सडक आयोजनाहरूमा करिब १४ करोड रुपियाँ बजेट अभाव भएको छ । निर्माण व्यवसायीलाई काम गरे अनुसारको भुक्तानी दिनुपर्ने बजेट अभाव हुँदा निर्माण कार्य रोकिने अवस्था भएको छ ।
यहाँको टेम्केमैयुङ गाउँपालिकाले दलित समुदायलाई ‘व्यावसायिक सीपमूलक कार्यक्रम’ सुरु गरेको छ । न्यून आय भएकालाई आर्थिक रुपमा सक्षम, उद्यमशीलसँगै आत्मनिर्भर बनाउन कार्यक्रम थालेको हो ।
रवीन्द्र उप्रेतीबर्दिबास, चैत १४ गते । महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले यो वर्ष दुई लाख क्विन्टलभन्दा बढी चिनी उत्पादन गरेको छ । एभरेस्टले आर्थिक वर्ष ०८१÷८२ मा ३१ लाख ४ हजार १६३ क्विन्टल उखु क्रसिङ गरी कूल २ लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरेको हो । एभरेस्टका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यो उत्पादन गत वर्षको तुलनामा पाँच हजार ९९७ क्विन्टलले बढी हो । गत वर्ष (०८०÷८१) मा एभरेस्टले २९ लाख ४ हजार ५११ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ६४ हजार ५९१ क्विन्टल चिनी उत्पादन भएको थियो । तुलनात्मक रूपले यो वर्ष चिनी उत्पादन बढेको देखिए पनि क्रसिङ क्षमता अनुसार उखु उपलब्ध नहुँदा लक्ष्य बमोजिम भने उत्पादन हुन नसकेको ठाकुरले जनाउनु भयो । उहाँका अनुसार यो वर्ष एभरेस्टले ३५ लाख क्विन्टल उखु क्रसिङ गरी ३ लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको थियो । उखु भने लक्ष्यभन्दा करिब ४ लाख क्विन्टल कम आएकोले यसको असर उत्पादनमा परेको हो । अर्कोतर्फ चिनीको प्रतिलब्धि घटनाले पनि उत्पादनमा हृास आएको छ । गत वर्षसम्म चिनीको प्रतिलब्धि ९.११ प्रतिशत थियो । यो वर्ष घटेर ८.७२ प्रतिसतमा सिमित भएको छ । अर्थात् गत वर्ष एक क्विन्टल उखु क्रसिङ गर्दा ९ किलो ११० ग्राम चिनी उत्पादन भएको थियो । यसपाला भने उत्तिकै उखु क्रसिङ गर्दा घटेर ८ किलो ७२० ग्राममा सीमित भएकाले उत्पादन घटने अर्को कारण हो । वित्तीय महाप्रबन्धक ठाकुरले भन्नु भयो ‘चिनीको रिकभरी घट्नु अप्रत्याशित हो । यो समस्या हाम्रो मात्र नभएर भारतमा पनि यही अनुपातमा घटेको छ । के कारणले हो ? स्पष्ट हुन सकेको छैन ।’
धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले सङ्खुवासभाको खाँदबारीमा बजार अनुगमनका क्रममा एक लाख १७ हजार बराबरको म्याद गुज्रेका सामग्री बरामद गरेको छ ।
मुस्ताङ, चैत १४ गते । मुस्ताङमा बसपार्क सञ्चालन गर्ने एक सञ्चालकविरुद्ध सरकारी सेवा सुविधा लिन नपाउने गरी जिल्लाका सबै सरकारी कार्यालयमा परिपत्र जारी गरिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं ३ र ४ मा अवस्थित दुई वटा सवारी व्यवस्थापन गर्ने बसपार्क सञ्चालनको ठेक्का लिएर बीचैमा छोड्ने र ठेक्का सम्झौताको शर्त वापतको असुर उपर गर्नुपर्ने रकम पूरै भुक्तानी नगरेको भन्दै मुस्ताङको घरपझोङ–४ जोमसोमका स्थानीय सुरेश शेरचनविरुद्ध घरपझोङ गाउँपालिका कार्यालयले मुस्ताङका सबै निकायमा सरकारी सेवा सुविधा लिन नपाउने गरी प्रारम्भिक चरणको कारबाही प्रक्रियाअघि बढाएको छ ।गाउँपालिकालाई असुल उपर नभएसम्म बसपार्क ठेक्का लिएका उहाँलाई गाउँपालिका, वडा कार्यालयलगायत सबै सरकारी कार्यालयबाट हुने सिफारिस, अनुदानलगायत सबै किसिमका सरकारी सेवा लिन नपाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो ।गाउँपालिका प्रथम पक्षले लगाएको बसपार्क ठेक्का रद्द भइसकेकाले नयाँ ठेक्का लगाउने गरी गृहकार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । “पुरानो बसपार्क ठेक्का भङ्ग भएको र नयाँ ठेक्का लगाउने तयारी हुँदैछ”, उहाँले भन्नुभयो, “बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८० लाई संशोधन गरी नयाँ कार्यविधि–२०८१ जारी भइसकेको छ ।” गाउँपालिकाको आन्तरिक राजस्व वृद्धि गर्ने र मुस्ताङ सदरमुकाम जोमसोमलाई व्यवस्थित रूपमा सवारी पार्किङ गर्नेगरी मुकामको सौन्दर्य जोगाउन गाउँपालिका प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ । घरपझोङ गाउँपालिकाअन्तर्गत रहेका दई वटा बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि घरपझोङ गाउँपालिकाले गतवर्ष दरभाउ पत्रको सूचना प्रकाशित गरेको थियो । प्रकाशित सूचनाअनुसार मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका स्थानीय सुरेश शेरचनले वार्षिक रु २० लाख २५ हजार भाडा गाउँपालिकालाई बुझाउने सर्त बमोजिम बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्नेगरी ठेक्का सम्झौता गरेका थिए । गाउँपालिकाले घरपझोङ बसपार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८० अनुसार विसं २०८० चैत १५ गते बसपार्क सञ्चालन तथा व्यवस्थापनको ठेक्का लगाइएको थियो ।गाउँपालिका प्रथम पक्षसँग बसपार्क ठेक्का लिएका दोस्रो पक्ष स्थानीय शेरचनले ठेक्का सम्झौताका सर्त र प्रावधानअनुसार सुरुआती तीन महिनाको अग्रिम भाडा धरौटी रु. पाँच लाख पाँच हजार दुई सय २५ र सम्झौता अवधि दुई वर्षको भाडाको पाँच प्रतिशत हुन आउने रकम रु. दुई लाख दुई हजार पाँच सय गरी कुल रु. सात लाख आठ हजार सात सय ५० गाउँपालिकालाई बुुझाएका थिए ।गाउँपालिका प्रथम पक्ष र बसपार्कका व्यवसायी दोस्रो पक्षबीच घरपझोङका दुई बसपार्कको सञ्चालन तथा व्यवस्थापन गर्ने र बसपार्क सञ्चालनका लागि गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने उल्लेख गरिएको थियो । यसै प्रयोजनार्थ गाउँपालिकाले दुई पार्कको थप स्तरोन्नति, विद्युत्, इन्टरनेट खानेपानी, टिकट बुकिङ क्वान्टर, बसपार्क गेट निर्माणसहित बसपार्क क्षेत्रमा सिसी टिभी क्यामेरा जडान गरेको थियो । गाउँपालिकाले बसपार्क चलाउन स्थानीय प्रशासन, सुरक्षाकर्मीलगायत सबै सरोकारवालासँग चरणबद्ध छलफल गरेको थियो । गाउँपालिकाले बसपार्क व्यवस्थापनका लागि तीन जना पालिका प्रहरीसमेत करारमा नियुक्ति गरेको थियो ।स्थानीय शेरचनले बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्न गाउँपालिका, प्रशासन र सुरक्षा निकाय लगायतले असहयोग गरेको भन्दै दुई वर्षको बसपार्क ठेक्का एकपक्षीय रुपमा ठेक्का भङ्ग गरेको पत्र गाउँपालिकामा पठाएका थिए ।गतवर्षको १५ चैतमा कार्यान्वयन गर्ने बसपार्क ठेक्का लिएका शेरचनले बसपार्क सञ्चालन गर्नेतर्फ ध्यान नदिएको र बसपार्कको भाडा क्रमशः बुझाउँदै जानुपर्नेमा नबुझाएको भन्दै बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि– २०८० अनुसार गाउँ कार्यपालिकाको बैठकले शेरचनसँग २०८१ असोज २१ गते ठेक्का सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीस्थित महेन्द्रकिरण माध्यमिक विद्यालयको मिचिएको जग्गा स्थानीय सरकारको पहलमा फिर्ता हुन थालेको छ । विद्यालयको नाममा दर्ता
राममणि दाहालहेटौँडा, चैत १४ गते । प्रहरीले हेटौँडा उपमहानगरपालिका १९ स्थित नेवारपानीबाट अमेरिकी नागरिकलाई अपहरण मुक्त गरेको छ । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित एक होटेलबाट सोमबार अमेरिकी राहदानी वाहक ७० वर्षीया वृद्धा अपहरण पर्नुभएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा ती वृद्धालाई अपहरणमुक्त गरिएको हो । ती वृद्धालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी गराएपछि ती महिलासहित अपहरणमा संलग्न एक महिलालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार अपहरणमा पर्नेमा भारतीय मूलको अमेरिकी नागरिक रहनुभएको छ ।आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ती वृद्धा अपहरणमा परेको र अपहरणपछि तीन लाख युरो फिरौती माग गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी गराएपछि प्रहरीले खोजी गर्ने क्रममा नेवारपानीबाट अमेरिकी नागरिकलाई सकुशल उद्धार गरेको थियो । प्रहरीले अपहरणमा संलग्न भएको अभियोगमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.४ बस्ने वर्ष ३७ की सरिता लामालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेकी सरिता लामाविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार)’ पेस गर्नुहुने छ ।
सडक ट्र्याक खोलेको ४८ वर्षपछि त्रिपुरासुन्दरी गाउँपालिका ५ र ६ पुग्ने बाल्का–टेकानपुर–तौथली सडक कालोपत्रे सुरु भएको छ । २०३३ सालदेखि २०३८ सम्म नेपाल ओरियन्ट म्याग्नेसाइड उद्यो
ठेकदारको बदमासीले गर्दा मोरङका किसानहरू बाली हुर्किसक्दा पनि मल पाउन सकेका छैनन् ।