काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७६ पैसा र बिक्रीदर १४० रुपियाँ ३६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ ०९ पैसा र बिक्रीदर १६२ रुपियाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपियाँ ४३ पैसा र बिक्रीदर १८८ रुपियाँ २४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपियाँ ७८ पैसा र बिक्रीदर १७३ रुपियाँ ५२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ७० पैसा र बिक्रीदर ९० रुपियाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपियाँ ४४ पैसा र बिक्रीदर १०० रुपियाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ४१ पैसा र बिक्रीदर १०८ रुपियाँ ८८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ४७ पैसा र बिक्रीदर १९ रुपियाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३५ पैसा र बिक्रीदर ३८ रुपियाँ ५१ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २८ पैसा र बिक्रीदर चार रुपियाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ०६ पैसा र बिक्रीदर ३३ रुपियाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०५ पैसा र बिक्रीदर १० रुपियाँ ०९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४९ पैसा र बिक्रीदर १४ रुपियाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ७१ पैसा र बिक्रीदर २१ रुपियाँ ८१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिदर १७ रुपियाँ ८८ पैसा र बिक्रीदर १७ रुपियाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपियाँ ७९ पैसा र बिक्रीदर ४५८ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ६८ पैसा र बिक्रीदर ३७२ रुपियाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ०१ पैसा र बिक्रीदर ३६४ रुपियाँ ५७ पैसा रहेको छ ।
भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस