धनकुटाको हिलेमा चौथो हिले ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपाल हिले ब्याडमिन्टन क्लबको सहयोगमा हिलेस्थित हिले ब्याडमिन्टन क्लबको हलमा प्रतियोगिता सुरु भएको हो ।
११ औँ ओभरको समाप्तिमा नेपालले ६ विकेट लिएको छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुईदुई विकेट लिँदा कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट हात पार्नुभएको हो।
नौ ओभरको समाप्तिमा नेपालले चार विकेट लिएको छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट हात पार्नुभएको हो ।
बागलुङको गलकोट नगरपालिकामा भएको विद्यार्थी सवार भ्यान दुर्घटनामा गम्भीर भएका दुई जना घाइतेलाई उपचारका लागि पोखरा रिफर गरिएको छ ।
बाँकेको खजुरा गाउँपालिका –४ एफ गाउँका किसान तिलबहादुर श्रीष मगर केही समय पहिले बैदेशिक रोजगारीका लागि खाडीमुलुक जानुहुन्थ्यो । तर विदेशमा सिकेको सीप गाउँमै काम लागेपछि उहाँ परिवारसहित घरमै बसेर काम गरिरहनुभएको छ ।
टप एण्ड टी–२० सिरिजमा आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणको अन्तिम खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ।
सङ्ख्याका आधारमा प्रतिपक्षी दललाई विश्वासमा नलिई संसद् चलाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् ।
धादिङको नीलकण्ठ नगरपालिका संस्थागत स्वमूल्याङ्कनमा देशकै उत्कृष्ट भएको छ । ९३.५० अङ्क ल्याएर उत्कृष्ट भएको नगरपालिकालाई सङ्घीय सरकारले सम्मान गरेको छ ।
रामपुर नगरपालिका-६ तालपोखरास्थित भण्डारी परिवारले दुई सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा राष्ट्रिय परिचयपत्र बनाउनेको चाप बढेको छ । सामाजिक सुरक्षा भत्ता र बैंक खाता नविकरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि दुई महिना देखि चाप बढेको हो ।
प्रतिनिधिसभा बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा सांसदहरुले धारणा राख्नेक्रम जारी छ ।
विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन संरक्षणमा राज्यले चासो नदिएको स्थानीय संरक्षणकर्मीले गुनासो गरेका छन् । कैलालीको नदीमा पाइने डल्फिन संरक्षणमा स्थानीय समुदाय क्रियाशील रहे पनि राज्य उदासीन रहेको उनीहरुको गुनासो छ ।
सरकारले ल्याउन लागेको शिक्षा विधेयक २०८० मा संस्थागत विद्यालयहरुलाई कानुनमा नै कडाइ गर्न लागेको भन्दै प्याब्सन बर्दियाले बर्दियाको गुलरियामा शुक्रबार प्रर्दशन गरेका छन् ।
गत साउन १४ गते आएको बाढीले पुनः क्षति गरेको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड २२ दिन बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । सडक बन्द रहँदा यात्रुहरु पैदलयात्रा गर्न बाध्य छन् । टिमुरे बजारको व्यापार ठप्प छ ।
महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार हालसम्म ७४ वटा जिल्लाबाट डेड्गु सङ्क्रमित हुनेको संख्या तीनहजार २४७ पुगेको छ ।