सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा आज सार्वजानिक गर्ने भएको छ । मन्त्रालयमा आज पत्रकार सम्मेलन आयोजना गरी लिसाको नतिजा सार्वजानिक गर्ने भएको हो ।
‘एउटा कुरा भन्छु है दिदी ! यो चोटि त मान्नै पर्छ नि ! कति वर्ष भयो हामीले आयोजना गरेको तिज कार्यव्रmममा सामेल हुनु पर्छ भनेर अनुरोध गरेको । कस्तो बिजी हो के तपाईं । यसो चाडपर्वमा त रमाइलो गर्नु पर्छ नि ! मातातीर्थको
गोरखा नगरपालिका –१३ स्थित सिमलगैरामा करिब दुई अर्ब १९ करोड ९५ लाख रुपियाँको लागतमा अर्ध जलासययुक्त जलविद्युत आयोजना निर्माण हुनेभएको छ ।
यहाँ आज आयोजित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औँ वार्षिक उत्सव तथा नमूना सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेता डा कोइरालाले नेपालको भविष्य शिक्षासँग प्रत्यक्ष रूपमा जोडिएको भए पनि नीतिनिर्माण तहमा बसेका तथा जिम्मेवार व्यक्तिहरूले अझै वास्तविक काम रुपमा नगरेको बताउनुभयो ।
बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहाने गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटना भएको हो ।
जाजरकोटमा जङ्गलबाट ल्याएकाे विषालु च्याउ खाँदा एकै गाउँका ५ परिवारका ११ जना बिरामी परेका छन् । एकै पटक बिरामी भएका भेरी नगरपालिका ४ रानागाउँका ५ परिवारका ११ जनाको हाल जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
सिन्धुपाल्चोकमा कालिका इनर्जी लिमिटेड प्रस्तावक रहेको ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
करदाता सेवा कार्यालय गोरखाले आर्थिक वर्ष २०८१/०८२ मा राजस्वमा वृद्धि गरेको छ । जिल्लामा भएका सरकारी कार्यालय विभिन्न पेशा र व्यवसाय गर्न खोलिएका कम्पनीहरु तथा संघ सस्थाहरुबाट आयकर, मूल्य अभिवृद्धिकर, अन्तशुल्क कर र अन्य सेवा बापत विगतका वर्षहरुमा भन्दा दुई करोड २९ लाख राजस्व वृद्धि गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय संसद्की उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्ता गठबन्धनमा सहमति नभएको बताउनुभएको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ६ स्थित सिप्चेतका रिनजिन लामा बेपत्ता भएको चार दिनपछि मृत अवस्थामा फेला परेको छ ।
स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार २०० निर्धारण भएको छ ।
बागलुङको बरेङ गाउँपालिका– १ धुल्लुबाँस्कोट लिउँवामा कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा कृषि बालीमा समस्या समाधान तथा प्रविधिक पृष्ठपोषणका लागि प्राविधिक समूह अनुगमन गरिएको छ ।
गुल्मीको छल्दी खोलाले बगाएर फालेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । इस्मा गाउँपालिका–१ राहले घर भएका ५३ वर्षीय मानबहादुर कुमालको शव खोला किनारमा फेला परेको जिल्ला कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अघिकारीले जानकारी दिनुभयो ।
ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले आज पेरुका राष्ट्रपति दिना एर्सिलिया बोलुआर्टे जेगारासमक्ष नेपालका गैरआवासीय राजदूतका रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
पहाडी जिल्ला लमजुङका किसान कोदो रोपाइँमा व्यस्त छन् । धान रोपेर भ्याएपछि जिल्लाका किसान धमाधम कोदो रोपाइँ गर्न थालेका हुन् । दोर्दी गाउँपालिका–८ खिन्चोककी मैती घलेलाई पाखो बारीमा कोदो रोप्ने चटारो छ ।