काठमाडौँ महानगरपालिका १६ स्थित बालाजुमा रहेको बाइसधारा उद्यान भित्र बुधबार घुम्न आएका सर्वसाधारण ।
हुम्ला जिल्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ४४ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका–८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शल्यक्रियापछि आँखा देख्नु भएकी छत्रदेव गाउँपालिका –८ अर्घाखाँचीकी ५० बर्षीया जालपा नेपाली गाउँमै सेवा पाएकोका खुसी देखिनुभयो ।
फिफा विश्वकप–२०२६ मा स्थान बनाइसकेको साबिक विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोट खेलमा बलियो प्रतिद्वन्द्वी ब्राजिलमाथि सानदार जित निकालेको छ ।
त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस त्रि–चन्द्र बहुमुखी क्याम्पस, घण्टाघरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्योलमा छ।
अर्घाखाँचीको शितगंगामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको संख्या चार पुगेको छ । मृतक सबैको पहिचान भएको प्रहरीले जनाएको छ । शितगंगा नगरपालिका –२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । २७ जना घाइते भएका छन् ।
गण्डकी प्रदेशसभाले दोस्रो कार्यकालमा अपाङ्गता भएका एक जना प्रदेशसभा सदस्य पाएको छ। स्याङ्जाकी सुनिता थापा नेपाली कांग्रेस पार्टीबाट समानुपातिक सांसद बन्नुभएको छ। गण्डकी सरकारले अपाङ्गता भएका व्याक्तिहरुका लागि छुट्टै ऐन बनाउँदै छ।
प्रहरीले सुन जस्तो देखिने धातुका विभिन्न गहनासहित ४१ वर्षीय दिपेश लाल चित्रकारलाई पक्राउ गरेको छ।
खानेपानीमन्त्री प्रदीप यादवले चितवनमा निर्मित भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्ती नगरपालिकाका १६ हजार २४४ जना प्रत्यक्ष लाभान्वित हुने बताउनुभएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पूर्वअध्यक्ष गणेश थापालाई कारबाही गर्न विश्व फुटबल महासङ्घ (फिफा) देखि विभिन्न निकायमा कारबाही गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेशका कृषिमन्त्री प्रकाश श्रेष्ठले कृषि क्षेत्रको समग्र विकास उपलब्धिमूलक नरहेको बताउनुभएको छ । बुधबार कृषि विकास निर्देशनालय हेटौंडामा आयोजित अर्धवार्षिक समीक्षा गोष्ठी कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो।
हिमाली जिल्ला मुस्ताङ अदालतमा चालु आव २०८१/८२ को नौ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फछ्र्योट भएको छ ।
नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटको ‘पट–२’ मा परेको छ ।
एएफसी एसिएन कप छनोट–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।