शुक्रबार दिउँसोबाट परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा मार्ग अवरुद्ध भएका छन् ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई मधेश प्रदेशको कार्यावाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको छ।
डुम्रे–वेशीसहर सडकखण्डमा पर्ने तनहुँको तनहुँ भानु नगरपालिका–२ पाउतुरे खोलाको पुलबाट खस्दा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।
नेपाली भेट्रान खेलाडीले माल्दिभ्समा जारी प्रथम ठोडो मास्टर्स टेबलटेनिस प्रतियोगितामा दुई पदक जितेको छ ।
सर्वोच्च अदालतमा विवाहसम्बन्धी २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था नेपालको संविधान र कानुनमा बाँझिएको भन्दै रिट निवेदन दर्ता भएको छ।
वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्यान्ड्सकी प्रतिभाशाली आउट साईड हिटर कर्स्टेन वेसेल्सलाई अनुबन्ध गरेको छ ।
संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ ।
इजरायली सेनाले गाजा शहरमा शुक्रबार गरेको आक्रमणमा कम्तिमा १३ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।
भारतको संसदले व्यापक असर पार्ने गरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ ।
जर्मनीको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा पनि धेरै घटेको सरकारी तथ्याङ्कमा देखिएको छ, जसले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको लागि थप चिन्ताजनक संकेत दिएको छ ।
ध्रुबबहादुर प्रधान नेतृत्वमा गठन भएको नौ सदस्यीय नेपाल ओलम्पिक किमिटी (एनओसी) दतर्थ कमिटीका पदाधिकारीले शुक्रबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग भेटवार्ता गरेको छ ।
स्पेसएक्सको ‘फाल्कन-९’ नामक रकेटले बिहीबार राति अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ बोकेर आकाशतर्फ उडान भरेको छ ।
जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ध्रुबहादुर प्रधान नेतृत्वमा गठन भएको एनओसीको दतर्थ कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक वडापत्रको उल्लङ्घन गरी गठन भएको जनाएको छ ।
समाजवादी मोर्चा, नेपालले भारत र चीनबीचको समझदारीले नेपालको सार्वभौम अधिकारमा गम्भीर आघात पुगेको बताएको छ।
श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको छ ।