प्रधानमन्त्री केपी शर्मा ओलीले बुवाको मुख हर्ने दिन भाद्र कृष्ण औँसीअर्थात् कुशे औँसीको सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
गौतम बुद्ध । उनीसँग उनको परिवार थियो । माता मायादेवी थिइन्, पिता शुद्धोदन थिए । श्रीमती यशोधरा थिइन् र पुत्र राहुल थिए । पारिवारिक माया थियो, अनि थियो सम्पन्नताको विशाल राजपाठ । यति हुँदाहुँदै पनि गौतम बुद्ध किन परिवार र राजपाठ त्यागेर तथागत भए ?
थारू समुदायको अट्वारी पर्वको अवसरमा दाङमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । थारू समुदायले यो वर्ष भदौ ८ र ९ गते अट्वारी मनाउँदै छन् ।
वज्रभन्दा कठोर लाग्छ नौनीतुल्य मानव मन जनभन्दा ठुलो ठान्छन् हरेक अचेल यहाँ धन यान्त्रिक संसार–यान्त्रिक संसार
मैले म्हेमेको ठिम जोगाउन माटोको न्यानो काखमा रोपेको छु– कोम्हेन्दो । ह्याबेको पे जोगाउन,
नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी आंशिक रूपमा सञ्चालनमा आएको छ । पहिरोका कारण तीन हप्तादेखि अवरुद्ध रहेको कोदारी सडकखण्ड बिहीबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको हो । अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–२ स्थित इको पहिरो क्षेत्रमा साउन १७ गते राति खसेको भीषण पहिरोले सडक भासिएको थियो । पहिरोका कारण नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी ठप्प भएको थियो ।
पाल्पामा डेङ्गु र स्क्रबटाइफसबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । साउन र भदौ महिनामा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढ्दै गएको जिल्लाका अस्पतालहरूले जनाएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
जलस्रोत तथा सिँचाइ विभागको टोलीले रौतहटमा बागमती नदीको स्थलगत अनुगमन गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो विकास र समृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य भएको बताउनुभएको छ । उहाँले परम्परागत शिक्षा मात्र पर्याप्त नहुने र श्रम बजारमा प्रतिस्पर्धा गर्न प्राविधिक सिप तथा व्यावहारिक ज्ञान आवश्यक रहेकोमा जोड दिनुभयो ।
भरतपुर अस्पतालले क्याथल्याब सेवा सुरु गरेपछि नेपालमै सबैभन्दा सस्तो उपचार प्रदान गर्दै आएको दाबी गरिएको छ । मुटु, टाउको र शरीरको इन्ट
लगातारको वर्षाका कारण आएको पहिरोले रुकुमपश्चिममा आठ घर भत्किएका छन् भने ४३ घर उच्च जोखिममा रहेका छन् । वर्षाका कारण मुसीकोट नगरपालिका १० मा चार घर र आठबिसकोट नगरपालिका १४ मा चार वटा टहरा भत्किएका छन् ।
पवित्र तीर्थस्थल देवघाट धाममा रहेका वृद्धाश्रमका ‘बा’हरू भने दाता पर्खेर बसेका छन् । जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरू प्रायः परिवारबाट हेलत्तिएर यहाँ आएका छन् ।
नेकपा (एमाले)का स्थानीय अगुवा नेता कार्यकर्ताहरुले लक्ष्मीपुर पतारी गाउँपालिकामा भइरहेको अनियमितता रोकेर सुशासन कायम गराउन १५ बुँदे माग राख्दै धर्नामा बसेको छ ।
पशुजन्य उत्पादनमा लगानी बढाएपछि बागलुङ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । दूध, अण्डा र मासु उत्पादन पर्याप्त बनाउँदै विदेश निर्यातका लागि बागलुङ सम्भावित क्षेत्र भएकोले घरदैलो गरेर किसानलाई उत्पादन बढाउन पशु प्राविधिकहरुले आग्रह गर्दै आएका छन् ।