• ७ भदौ २०८२, शनिबार

दक्ष जनशक्तिबिना विकास असम्भव

blog

खाँदबारी समाचारदाता

सङ्खुवासभा, भदौ ७ गते  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो विकास र समृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य भएको बताउनुभएको छ । उहाँले परम्परागत शिक्षा मात्र पर्याप्त नहुने र श्रम बजारमा प्रतिस्पर्धा गर्न प्राविधिक सिप तथा व्यावहारिक ज्ञान आवश्यक रहेकोमा जोड दिनुभयो ।

​मन्त्री खड्काले सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित २० दिने ‘पावर हाउस अपरेसन एन्ड मेन्टिनेन्स’ तालिमको समापन समारोहलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाको सहयोगमा बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीले यो तालिम सञ्चालन गरेको थियो ।

​समारोहमा प्रमाणपत्र वितरण गर्दै मन्त्री खड्काले पाँच हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता बोकेको सङ्खुवासभा जलविद्युत् केन्द्रका लागि महìवपूर्ण स्थान रहेको बताउनुभयो । उहाँले तालिम प्राप्त युवालाई जिल्लाका विभिन्न जलविद्युत् कम्पनीमा इन्टर्नसिपको अवसर प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

​मन्त्री खड्काले सङ्खुवासभाको भौगोलिक र पर्यटनको सम्भावनाबारे पनि प्रकाश पार्नुभयो । त्रिदेशीय सीमा क्षेत्रसँग जोडिएको यस जिल्लाले पर्यटनबाट अर्बौंको राजस्व आर्जन गर्न सक्ने उल्लेख गर्दै यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । यसका साथै उहाँले निकट भविष्यमै सङ्खुवासभामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् 

(सिटिइभिटी) को कार्यालय र आयुर्वेद अस्पताल स्थापना गरिने जानकारी पनि दिनुभयो ।

​कार्यव्रmममा सिटिइभिटीका सदस्यसचिव महेश भट्टराईले तालिम प्राप्त युवालाई जलविद्युत् आयोजनामा इन्टर्नसिपको अवसर दिलाउन ऊर्जा मन्त्रालयसँग आग्रह गर्नुभयो । खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले आत्मनिर्भर जिल्ला बनाउन नियमित रूपमा यस्ता सिपमूलक तालिम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।