गौर चन्द्रनिगाहपुर सडक खण्ड सडक डिभिजन चन्द्रनिगाहपुरको अधिकार क्षेत्रभित्र पर्ने र डिभिजनको अनुमति बगेर नगरपालिकाले कार्य प्रारम्भ गरेकोले डिभिजनले रोक्का राखेको सडक डिभिजन चन्द्रनिगाहपुरका डिभिजन प्रमुख इन्जिनियर अरुण कुमार लाल कर्णले बताउनुभयो ।
टर्कीएको अदालतले दशकौँ यताकै सबैभन्दा खराब प्रदर्शनको रिपोर्टिङ गरेको आरोपमा पक्राउ परेका एएफपीका एक फोटोग्राफरसहित सात जना पत्रकारलाई बिहीबार रिहा गर्न आदेश दिएको छ ।
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताउनुभएको छ ।
सल्यानमा उत्कृष्ट तीन जना पशुपालक कृषक सम्मानित भएका छन् ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विकास निर्माणको हिसाबमा ललितपुर महानगरपालिका पुलमय भएको बताउनुभएको छ । बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोलामा निर्मित पुल उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कैलालीको कैलारी गाउँपालिका–४ र ६ जोड्ने घुरहा नदी पुल किनारमा मर्मतको काम सुरु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेसहित दुई जनाविरुद्ध सेवाग्राहीसँग दुई लाख ५० हजार रुपियाँ घुस लिएको आरोप लागेको छ ।
बागलुङ नगरपालिका २ ले गत साउनदेखि यता सुत्केरी भएका महिलालाई पोषण, सरसफाइ सामग्री र विभिन्न अत्यावश्यक वस्तु सहयोग गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद् अवरोध गर्नु गलत भएको बताउनुभएको छ । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बुटवलको एक्ट्राओभल मैदानमा बिहीबार भएको खेलमा पुलिस त्रिभुवन आर्मी क्लबसँग चार विकेटले पराजित भयो । जितसँगै आर्मी फाइनलमा पुगेको छ । फाइनलमा पुलिस र आर्मीबिच नै भिडन्त हुनेछ ।
यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१ दशमलव ४३ अङ्कले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो ।
बाँकेको नरैनापुरका अग्निपीडितका १७ परिवारलाई १० हजार रुपियाँ बराबरको राहत सामग्री वितरण गरिएको छ ।
पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले न्यायमा राजनीति नगर्न राजनीतिक दलहरूसँग आग्रह गर्नुभएको छ ।
इजरायलको संसदले बिहीबार एक विवादास्पद कानुन पारित गरेको छ जसले निर्वाचित अधिकारीहरूलाई न्यायाधीश नियुक्तिमा थप अधिकार प्रदान गरेको छ ।
नेपाल रहेको यस समूहमा बलियोउज्वेकिस्तान, लाओस र श्रीलङ्कका रहेको छ । यस समूहको छनोट खेल उज्वेकिस्तानमा आगामी जुन २३ देखि जुलाई ५ तारिखसम्म हुनेछ ।