स्थानीय नेवार समुदायको दसैँपछिको ठुलो पर्व पाँहाचह्रे शुक्रबार (आज) मनाइँदै छ ।
चितवन उद्योग सङ्घको आयोजनामा भरतपुरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा जुत्ताचप्पल मेला सुरु भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मेलाको उद्घाटन गर्नुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्बन बिक्रीबापत प्राप्त भएको रकम गरिब र विपन्न वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्ने बताउनुभएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले योगादनमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका रोजगारदाता प्रतिष्ठान र श्रमिकलाई कोषको योजनामा सूचीकृत हुन आग्रह गरेको छ ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ । यसै क्रममा आज संस्कृति, पर्यटन तथा उड्डयन पर्यटन मन्त्रालयसँग छलफल भएको छ ।
लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आफूहरू तयार रहेको बताएका छन् । भारतस्थित नेपालको राजदूतावास र भारतीय हरित ऊर्जा महासङ्घको संयुक्त आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) को संस्थागत सहभागितामा नयाँ दिल्लीमा आयोजित नेपाल–भारत इनर्जी समिटमा सहभागी भारतका व्यावसायिक घरानाले नेपालमा भारतीय लगानीको नीतिगत सुरक्षा हुनुपर्नेमा जोड दिए ।
चालु आर्थिक वर्ष २०८/८२ को दोस्रो त्रैमासिक (कात्तिक–पुस) मा मुलुकको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
साइन शेर्पाले आफ्नो बाबालाई छुनेबित्तिकै बाबाको हातमा सुँघ्न थाल्नुभयो । एक पटक सँुघेर नचिनेझैँ गर्नुभयो । उहाँले फेरि दोहोर्याएर सुँघेपछि चिनेर अँगालो हाल्नुभयो । साइन आँखा पनि देख्नुहुन्न, कान पनि सुन्नुहुन्न ।
काठमाडौँमा शुक्रबार दुई वटा छुट्टाछुट्टै समूहले आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था बलियो पारिएको छ ।
अतिरिक्त सचिवको दरबन्दी रहने गरी सङ्घीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिले तयार पारेको छ । फागुन १२ गतेदेखिको गोप्य छलफलपछि उपसमितिले विधेयकको प्रतिवेदन समितिमा पेस गरेको हो ।
धनकुटाको धनकुटा नगरपालिका–६ स्थित आयुर्वेद अस्पतालमुनि एक कुवा छ । अधिकांश समय यो कुवामा पानी लिन आउनेको भिडभाड देख्न सकिन्छ । धनकुटा गौँडाको रूपमा स्थापना भएदेखि हालसम्म खानेपानीको एक स्रोत हो यो कुवा ।
नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिकामा करिब दुईसय छाडा तथा भुस्याहा कुकुरको बन्ध्याकरण गरिएको छ ।
वालिङका महिलाहरुलाई उद्यमी बनाउन एक हप्ते चप्पल बनाउने तालिम सुरु गरिएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा २८ जना महिलालाई सीपमुलक तालिम प्रदान गरिएको हो ।
बर्दियाबाट हराएकी एक १७ वर्षीय किशोरीको भारतको मुम्बईबाट उद्धार गरिएको छ । बढैयाताल गाउँपालिका वडा नं ४ घर भएकी किशोरी गत माघ २८ गते हराउनु भएको थियो ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका(५ लोमान्थाङमा निर्माण गरिएको पाँच शय्याको आधारभूत अस्पताल भवन ।