रौतहटको गौर–गंगापिपरा सडक खण्डअन्तर्गत मुडवलवा गेट नजिकबाट शनिबार राति प्रहरीले फेला पारेको शङ्कास्पद सुटकेसमा महिलाको शव बरामद भएको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु समुदायको महत्वपूर्ण पर्व बड्का अट्वारीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै प्रदेशवासीलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नजिता सार्वजनिक गरेको छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । पोखरामा कति पर्यटक घुम्नका लागि आउने गरेका छन् भन्ने यकिन तथ्याङ्क कहीँकतै भेटिँदैन । यहाँ कुन देशका, कति पर्यटक आउँछन् भन्ने तथ्याङ्क राख्ने सरोकारवाला निकायले ध्यान दिन नसक्दा यस्तो अवस्था आएको हो । यद्यपि अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराले आफ्ना योजना निर्माण र स्थिति मूल्याङ्कनका लागि केही तथ्याङ्क राख्ने गरेको छ । सङ्ग्रहालयले राख्ने गरेको विवरण झैँ अरू निकायले पनि राख्ने गरेको भए यथार्थ विवरण आउने हुन्थ्यो ।
गोरखामा लामो समयदेखि गोरखावासीलाई बैङ्किङ कारोबार गरी सहयोग गर्दै आएको प्रभु मनी ट्रान्सफर जिल्लाका सहकारी संस्थाको एक करोड रुपियाँ लिएर फरार भएको छ । जिल्लाभित्रका १६ वटा सहकारी संस्थाको पाउनुपर्ने एक करोड रुपियाँ लिएर प्रभु मनी ट्रान्सफर फरार भएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजामा जिल्लामा उत्कृष्ट भएको छ ।
कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०६२/६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा आएको बाढीले भत्काएपछि सो आयोजना हालसम्म अलपत्र परेको हो ।
गर्मी मौसम । छङछङ झरेको झरना । पानीमा खेल्न र सेल्फी लिन युवायुवती भिड नहुने त कुरै भएन । त्यसमाथि दुई दिनसम्म भएको साँस्कृतिक कार्यक्रमले लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा रमाउने पर्यटकको घुइँचो नै लाग्यो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, सुँगुरेस्थित वडाध्यक्षको घरमा बस्दै आएका १६ जनाको हायू परिवारलाई जीविकोपार्जनका लागि सहयोग जुट्न थालेको छ । दुई साताअघि पोखराबाट फर्काइएका ५२ वर्षीय उर्मिला हा
सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ ।
भारतीय सर्कसमा काम गर्न पुगेकी हेटौँडाकी सुकुमाया लामालाई लामो सङ्घर्षपछि नागरिकता प्राप्त भएको छ । हेटौँडा उपमहानगरपालिका–१० मा जन्मेकी र आमाबुवा दुवैको नेपाली नागरिकता भए पनि सुकुमाया नागरिकताबाट
मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ हुनुभएको छ ।
सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो ।
बाँकेका थारु बाहुल्य गाउँबस्तीमा आइतबार अट्वारी पर्व धुमधामका साथ मनाइदै छ । यो पर्वलाई भव्य रुपमा मनाउन गत केही दिनदेखि थारु समुदायमा तयारी तीव्र पारिएको थियो ।
चीनसँगको व्यापारका लागि निकै महìव रहेको लामाबगर नाका खुलाउनुपर्ने माग स्थानीयले राखेका छन् । कुनै दिन रसुवागढी तथा