स्याङ्जामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । स्याङ्जाको गल्याङदेखि कालीगण्डकी गाउँपालिकाको कोटाकोटतर्फ जाँदै गरेको लु १ ज ३१७४ नम्बरकाे बोलेरो-जिप कालीगण्डकी गाउँपालिका–७ मिर्मी आरुचौरमा दुर्घटनामा परेको हो ।
गृहमन्त्री रमेश लेखकले द्वन्द्वरहित समाज केबल काल्पनिक विषय मात्रै भएको बताउनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपालले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको अभियानमा पाल्पाकी छात्रा ओजस्वी आचार्यलाई ‘जागरण दुत’ घोषणा गरेको छ।
समुद्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा अवस्थित बतासे याकखर्क लेकबाट देखिएको मुस्ताङको थासाङ गाउँपालिका-१ मा रहेको टुकुचे गाउँ, नालान्दा बुद्धिष्ट विद्यालय, पृष्ठभूमिमा बर्खायाममा उर्लिएको कालीगण्डकी नदी र आसपासका क्षेत्र ।
भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो ।
मिथिलाको लोकपर्व चौरचन (चौठचाँद) नजिकिँदै गर्दा जनकपुरधाममा बाँस र माटाका सामग्रीको व्यापार चहकिलो बनेको छ ।
जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको बारम्बार फेदबदलले प्रशासनिक कामकाज प्रभावित हुने गरेको जनप्रतिनिधिहरुको गुनासो छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हरितालिका तिजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोेड्दै लगेको बताउनुभएको छ ।
दैनिक वस्तुहरूमा उपभोग कर घटाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबले वार्षिक अर्बौं डलरको राहत दिलाउन सक्ने र अमेरिकी भन्सार शुल्कको कडा असर झेलिरहेको अर्थतन्त्रमा माग बढाउन मद्दत पुर्याउने विशेषज्ञहरूले बताएका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आउनुभएका भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबिच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिको बेरुजु झण्डै साढे ३६ लाख रुपियाँ देखिएको छ । पछिल्लो एक दशकको अवधिमा समितिको फस्र्याेट हुन बाँकी रहेको बेरुजु ३६ लाख ३९ हजार २९८ रुपियाँ देखिएको हो ।
दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
सिन्धुली जिल्लामा बर्खाका लागेपछि बिरामीको सङ्ख्या बढ्दै गएको छ । दूषित पानी र खानपानका कारण ज्वरो, टाइफाईड, झाडापखला, दम लगायतका रोगका बिरामी बढेका हुन् ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लाकै लगातार दोस्रो पटक उत्कृष्ट भएको छ ।
कालीकोट जिल्लाको सदरमुकाम मान्ममा वर्षाैंदेखि देखिँदै आएको खानेपानी अभाव अझै समाधान हुन सकेको छैन ।