“कति दिनदेखि तपाईंले यस्तै गीत सुनिरहनुभएको छ । यो हरितालिका तिज भनेको खास कस्तो चाड हो र हजुरआमा ? मैले त गीत गाउँदै र नाच्दै गरेको मात्रै देखेकी छु ।” मेरो मो
मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो ।
स्याङ्जाको वालिङ नगरपालिका–५, बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटबाट ज्यान गएको छ ।
राष्ट्रपति पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गर्नुभएको छ ।
३७ वर्षसम्म शिक्षक सेवामा समर्पित थमनारायण सिलवाल (थमन) अवकाशपछि रूपन्देहीको सैनामैना नगरपालिका–६ स्थित आफ्नै घर फर्किनुभयो ।
रौतहटको यमुनामाई गाउँपालिकामा अनियमितता एवम् भ्रष्टाचारविरुद्धमा वडाध्यक्षले आइतबार पाचौँ दिन पनि आमरण अनसन जारी राखेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ ।
कञ्चनपुरमा छाउगोठ भत्काउन महिलाहरू एकजुट भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नौ वटै पालिकामा छाउगोठ भत्काउन आग्रह गरेपछि यहाँका महिलाहरू छाउगोठ भत्काउन एकजुट भएका हुन् ।
कुशेऔँसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालनमा ल्याइएको छ । आश्रमको सांसद देवप्रसाद तिमल्सिना र प्रमुख जिल्ला अधिकारी विनोद खड्कालगायतले सडक आश्रित ‘बा’हरूलाई आश्रममा प्रवेश गराई शनिबार सेवा शुभारम्भ गर्नुभएको थियो ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका कोशी प्रदेशमै पहिलो भएको छ ।
जिल्लाको भेरी नगरपालिका–९ बालविवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा भएको छ ।
साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी छ । अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाउने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्नेलगायत काम थालिएको हो ।
चन्द्रपुर नगरपालिकाको पुरानो बजार क्षेत्रमा व्यापारीले फुटपाथ मिचेर पसल थापेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या परेको अवस्थामा पनि स्थानीय निकाय मौन रहेको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्वबन्धुत्व दिवस तथा राजयोगिनी प्रकारमणी दादीको १८औं पुण्यतिथिको अवसर पारेर अभियान सुरु गरेको छ । ‘रक्तदान गरौँ, जीवन बचाऔं’ नाराका साथ राजविराजस्थित सेवा केन्द्रले विशाल रक्तदान अभियान २०८२ सुरु गरेको हो ।
जयपृथ्वीबहादुर सिंह विश्व शान्ति र मानवतावादका प्रवर्तक मानिन्छन् ।