• ८ भदौ २०८२, आइतबार

कुटपिटबाट एक युवकको मृत्यु, दुई जना पक्राउ

blog

राधाकृष्ण डुम्रे
वालिङ (स्याङजा), भदौ ८ गते ।
स्याङ्जाको वालिङ नगरपालिका–५, बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटबाट ज्यान गएको छ । शनिबार राति बाहुनडाँडामा नै भएको सामान्य विवादले उग्र रूप लिँदा थापाको ज्यान गएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका थापाको गह्रौ प्राथमिक अस्पतालमा उपचार हुन नसकेपछि पोखरा लगिएको थियो । अस्पताल पुर्‍याउना साथ थापालाई रातिनै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।

कुटपिटमा संलग्न भएका स्याङ्जाको हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५, कान्ती का २४ वर्षीय अनिल शाहीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

कुटपिट गरी घाइते बनाएको भन्ने सूचना प्राप्त हुन साथ वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान तथा घटनामा संलग्न भएका अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।