पहिलेदेखि नै घरेलु सुस्त आर्थिक वृद्धि र चीनबाट बढ्दो प्रतिस्पर्धाको समस्यामा रहेका युरोपेली अटोमोबाइल निर्माताहरूले बिहीबार अमेरिकी आयात करलाई बोझका रूपमा घोषणा गरेका छन् ।
प्राथमिककालीन कवि वीरशाली पन्तको स्मृतिमा बागलुङ नगरपालिकाले स्थापना गरेको यसवर्षको विरशाली पन्त स्मृति गौरवमय पुरस्कार धौलागिरी बहुमुखी क्याम्पसका प्रा. डा. दिनबहादुर थापालाई प्रदान गरिने भएको छ।
ओखलढुङ्गाको कुइभिरमा भिरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ । घाँस काट्न जङ्गल जानुभएको चिशंखुगढी गाउँपालिका–१ कुईभिरका ६९ बर्षिय बडिहर्क राईको भिरबाट लडेर ज्यान गएको हो ।
आगामी शनिबार हुन गइरहेको जनता समाजवादी पार्टी (जसपा) मकवानपुरले जिल्ला अधिवेशनमा सहभागी नभई विरोध जनाउने भएको छ।
दाङको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहनुभएको छ । दाङको राप्ती गाउँपालिका वडा –६ निवासी ५१ वर्षीया चौधरीले रुकुमपश्चिमको चौरजहारीमा रहेको शीतल माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसइई दिइरहनुभएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । रिट निवेदनमा आफ्नो सेवाको सर्तअन्तर्गत मन्त्रिपरिषद्ले निर्धारण गरेको चार वर्षको पदावधिलाई सम्झौताको दफा ३.१ म २०७७ माघ २९ गतेदेखि २०८१ माघ २८ सम्म कायम गरेको भन्दै त्यसको न्याय निरुपण नगरी थप प्रक्रिया अघि नबढाउन माग गरिएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले गणतन्त्र सवल भए मात्र पत्रकारिताको सफलता हुने भएकाले सञ्चार क्षेत्रले खबरदारी गरिरहनु पर्ने आवश्यक रहेको बताउनुभयो ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा लगाइएको करबारे व्यवसायी एवं सरोकारवालासँग गरेको अन्तरक्रियाका क्रममा वक्ताले हवाई टिकटको भ्याट हटाएर अरू विकल्प खोज्न सुझाव दिएका हुन्।
दाङको घोराही उपमहानगरपालिका-४ स्थित भकारेमा सुनपुर सामुदायिक वन परिसरमा १० कट्ठा क्षेत्रफलमा मानव निर्मित कृत्रिम रोहिणी ड्याम ।
भोजपुरको अरुण गाउँपालिकाका स्थानीय कृषकले गरेको अकबरे खुर्सानी खेती । बेमौसमी रुपमा उत्पादन भएको हरियो अकबरे खुर्सानी प्रति किलोग्राम एक हजारदेखि एक हजार दुई सयसम्म बिक्री हुने स्थानीय कृषकको भनाइ छ ।
गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान संशोधन जस्तो कुरा दुई तिहाइले मात्र नभई सबै पार्टी र सरोकारवालासँगको व्यापक छलफलपछि सहमतिको वातावरण बनाएर मात्र संशोधन गरिने बताउनुभएको छ।
दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ को अवसरमा रङ्ग पत्रकारितामा दिएको योगदानको कदर गर्दै पत्रकार गोपिकृष्ण चापागाईंलाई अवार्ड प्रदान गरिएको छ।
एन्फा मैदान सातदोबाटोमा बिहीबार भएको खेलमा प्लानिङ ब्वाइजले मध्यपुरलाई २–० गोलले हरायो ।
भारतको दिल्ली यु–१९ विरुद्ध तीन खेलको अभ्यास सिरिज नेपालले एक खेल अगाडि जितेको छ ।
एएफसी एसियन कप छनोट–२०२७ अन्तर्गतअन्तिम चरणको छनोट खेलमा मलेसियासँग खेलेर नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।