• ८ भदौ २०८२, आइतबार

सप्तरीमा सिटी रिक्साको ठक्करबाट बालकको मृत्यु

blog

देवराम यादव
सप्तरी, भदौ ८ गते ।
सप्तरीमा ई सिटी रिक्साको ठक्करले एक बालकको मृत्यु भएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका–७ स्थित बोदेबर्साइन देउरी भित्री सडक खण्डमा देउरीबाट बोदेबर्साइनतर्फ आउँदै गरेको अन टेस्ट ई–रिक्साले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको बिहार राज्यको मधुवनी जिल्ला ग्राम पंचायत निन्दरपुर निवासी राजकुमार सदाको पाँच वर्षीय छोरा आरजे सदा छन् ।

बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घाइते भएका बालकलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । ठक्कर दिने ई–रिक्सा र चालक बोदेबर्साइन नगरपालिका १० श्रीपुरका १७ वर्षीय राकेश कुमार मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।