टोपलाल अर्याल
रेसुङ्गा, भदौ ८ गते । निर्माण व्यवसायीसंघ गुल्मीको अध्यक्षमा हरिकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । आगामी पाँच वर्षका लागि श्रेष्ठले निर्माण व्यवसायीको नेतृत्व गर्नुभएको हो ।
संघको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा गगन केसी, उपाध्यक्षमा दधिराम पाण्डे, महासचिवमा भागवत गिरी, उप–महासचिवमा भोजप्रसाद श्रेष्ठ, सचिवमा कृष्णप्रसाद भण्डारी, कोषाध्यक्षमा दुर्गाचन्द्र बोहोरा र सह–कोषाध्यक्षमा नवराज श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
त्यस्तै, सदस्यतर्फ वीरेन्द्र भुसाल, चुराबहादुर खत्री क्षेत्री, पदम विष्ट, चेहरसिंह टण्डन, राजु कार्की, विजय पन्थी, जमुना न्यौपाने, ओमबहादुर केसी र मधु महर्जन निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले स्थापनाकालदेखि आफु व्यवसायीहरुको हकहितका बिषयमा काम गर्दै आएकाले आगामी दिनमा समेत संस्थागत विकास र व्यवसायीक एकता तथा समन्वयमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।