जानकी साहित्य पुरस्कार कवि तथा समालोचक डा. टङ्क पन्थलाई प्रदान गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्तकालय तम्घासले यस वर्ष साहित्यकार पन्थलाई प्रदान गरिएको हो ।
आठराई त्रिवेणी गाउँपालिका– २ फूलबारीका वडा अध्यक्षमाथि आक्रमण भएको छ । शनिबार बेलुकी वडा अध्यक्ष टेकिन्द्र सेन्दाङमाथि आक्रमणमा भएको हो ।
दक्षिण बागलुङको बरेङ बजारमा डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । बजार क्षेत्रमा डेंगुको सङ्क्रमण बढ्दै जान थालेपछि नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको हो ।
बाजुराका गाउँ बस्ती यति बेला खाली हुँदै गएका छन् । साउनको महिना यहाँ सबै स्थानीय रोजगारी गर्नका लागि भारत जान थालेसँगै यहाँका गाउँ बस्ती खाली भएका हुन् ।
सनातन धर्मावलम्बी बहुल समाजमा भाद्र कृष्ण औँसी तिथिमा पिता अर्थात् बुबा (बावु) को सम्मान–सत्कार गर्ने परम्परा रहिआएको छ । पुराणादि ग्रन्थमा यसै दिन पिताको सम्मान गर्ने सन्दर्भ चाहिँ उल्लेख गरिएको देखिँदैन । पितृसँग सम्बन्धित तिथि भएकाले औँसीमा श्राद्ध आदि कर्म गर्ने विधान भने छ ।
गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीनवटा वडामा लगाइएको धानबालीमा मरुवा रोग लागेको पाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टले जानकारी दिनुभयो ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा तानसेन नगरपालिका जिल्लामै पहिलो बनेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको लिजा नतिजामा तानसेन नगरपालिका पाल्पा जिल्लामै उत्कृष्ठ बनेको हो ।
हेटौँडा उपमहानगरपालिका–९ स्थित पशुपतिनगरस्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ । महानगरले हालपालिका भित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो ।
कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सरकारी अस्पतालको सेवा छाडेर अन्य निजी अस्पतालमा काम गर्न रोक लगाएको छ ।
बर्दिवास ३, गौरीडाँडास्थित बी.पी. राजमार्गमा अवैध लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको छ ।
दुर्गम जिल्लाका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सकस हुने गरेको छ । दुर्गमका स्थानीयले आफूलाई राष्ट्रिय परिचयपत्र बनाउन निकै कठिनाइ हुने गरेको बताएका छन् । सरकारले अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र लिनुपर्ने निर्णय गरेपछि भौगोलिक विकटता, सूचना प्रवाहको कमी, आवश्यक उपकरण तथा प्राविधिक जनशक्ति नपुग्दा ग्रामीण भेगका धेरै नागरिक अझै परिचयपत्र बनाउनबाट वञ्चित छन् ।
कोडिभ–१९ को नयाँ ‘ओमिक्रोन भेरियन्ट’का विरुद्ध दाङमा ११ हजार आठ सय २१ जना नागरिकले फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट खोप लगाएका छन् ।
नेपाली कांग्रेस वा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीले जातीय पहिचानसहितको सङ्घीयताको माग पूरा नभए पनि जनसङ्ख्याका आधारमा शासनसत्तामा सहभागिताको माग जारी राख्नुपर्ने बताउनुभएको छ ।
कैलालीको गौरीगङ्गा नगरपालिकामा नगरप्रमुख देवीदत्त कँडेलले ठेकेदारको मिलेमतोमा नगरपालिकाको राजस्व आफ्नै निजी पेट्रोल पम्पको खातामा जम्मा गराउनुभएको छ । सो नगरपालिकाको वडा नं. ४ मा रहेको जोगनिया तालको ठेक्काबाट सङ्कलन भएको पाँच लाख राजस्व नगरप्रमुख कँडेलको निजी मनकामना पेट्रोल पम्पको खाता जम्मा भएको पाइएको छ ।