नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । रिट निवेदनमा आफ्नो सेवाको सर्तअन्तर्गत मन्त्रिपरिषद्ले निर्धारण गरेको चार वर्षको पदावधिलाई सम्झौताको दफा ३.१ म २०७७ माघ २९ गतेदेखि २०८१ माघ २८ सम्म कायम गरेको भन्दै त्यसको न्याय निरुपण नगरी थप प्रक्रिया अघि नबढाउन माग गरिएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले गणतन्त्र सवल भए मात्र पत्रकारिताको सफलता हुने भएकाले सञ्चार क्षेत्रले खबरदारी गरिरहनु पर्ने आवश्यक रहेको बताउनुभयो ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा लगाइएको करबारे व्यवसायी एवं सरोकारवालासँग गरेको अन्तरक्रियाका क्रममा वक्ताले हवाई टिकटको भ्याट हटाएर अरू विकल्प खोज्न सुझाव दिएका हुन्।
दाङको घोराही उपमहानगरपालिका-४ स्थित भकारेमा सुनपुर सामुदायिक वन परिसरमा १० कट्ठा क्षेत्रफलमा मानव निर्मित कृत्रिम रोहिणी ड्याम ।
भोजपुरको अरुण गाउँपालिकाका स्थानीय कृषकले गरेको अकबरे खुर्सानी खेती । बेमौसमी रुपमा उत्पादन भएको हरियो अकबरे खुर्सानी प्रति किलोग्राम एक हजारदेखि एक हजार दुई सयसम्म बिक्री हुने स्थानीय कृषकको भनाइ छ ।
गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान संशोधन जस्तो कुरा दुई तिहाइले मात्र नभई सबै पार्टी र सरोकारवालासँगको व्यापक छलफलपछि सहमतिको वातावरण बनाएर मात्र संशोधन गरिने बताउनुभएको छ।
दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ को अवसरमा रङ्ग पत्रकारितामा दिएको योगदानको कदर गर्दै पत्रकार गोपिकृष्ण चापागाईंलाई अवार्ड प्रदान गरिएको छ।
एन्फा मैदान सातदोबाटोमा बिहीबार भएको खेलमा प्लानिङ ब्वाइजले मध्यपुरलाई २–० गोलले हरायो ।
भारतको दिल्ली यु–१९ विरुद्ध तीन खेलको अभ्यास सिरिज नेपालले एक खेल अगाडि जितेको छ ।
एएफसी एसियन कप छनोट–२०२७ अन्तर्गतअन्तिम चरणको छनोट खेलमा मलेसियासँग खेलेर नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले हेटौँडा उपमहानगरपालिका १० स्थित वन सङ्कायका दुई क्याम्पसको निरीक्षण अवलोकन गर्नुभएको छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको छ ।
इजरायलले बिहीबार गाजामा गरेको हवाई आक्रमणमा आफ्ना एक प्रवक्ताको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले जनाएको छ ।
नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा विपक्षी दलहरुले सदनमा अवरोध गरेर अदालतलाई प्रभावित पार्न खोजेको टिप्पणी गर्नुभएको छ ।
रूपन्देहीको मुकाम सिद्धार्थनगर नगरपालिकामा आयोजना हुने महिला नेतृहरूबिचको अन्तर्संवाद कार्यक्रममा सहभागी हुनपूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भैरहवा आइपुग्नुभएको छ ।