शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजु लामिछाने
रुकुमपश्चिम, भदौ ७ गते। रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका– ३ र ५ मा रहेको पर्यटकीयस्थल स्यार्पुताल यतिबेला भरिएको छ। २.६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो ताल भरिएर थप आकर्षक बनेको कारण पर्यटकको आकर्षण बढेको छ।
तालमा आधुनिक डुङगा सञ्चालन गरिरहनुभएका स्थानीय दरिभान पुरीले बिदाको दिन करिब एक सय आन्तरिक पर्यटक आउने गरेको बताउनुभयो। अन्य दिनमा २०–३० जना आन्तरिक पर्यटक स्यार्पुतालको अवलोकनका लागि आउने गरेको उहाँले जनाउनुभयो। बिदाको दिन आधुनिक डुङगामा चढेर ताल परिक्रमा गर्नेले पालो कुर्नुपर्ने अवस्था हुन्छ।
स्थानीय बुद्धिजिवी गोपाल केसीले यतिबेला स्यार्पुतालले पर्यटकको मन तानिरहेको बताउनुभयो।







