राधा लुइटेल
फिदिम,भदौ ७ गते। पाँचथरको फिदिम नगरपालिका २ डुम्रिबोटेमा सञ्चालनमा रहेको ज्येष्ठ नागरिक आश्रममा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ। सिद्व पोखरी सेवा सदन पाँचथरले आयोजना गरेको कार्यक्रममा आश्रित ज्येष्ठ नागरिकसँग सामूहिक दर खानाका साथै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।
ज्येष्ठ नागरिक जिल्ला संघ पाँचथर र सिद्व पोखरी सेवा सदन पाँचथरले आयोजना गरेको कार्यक्रममा फिदिम नगरपालिका २ का वडाध्यक्ष दिनानाथ अधिकारीको प्रमुख आतिथ्यमा तीज कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा संघका सल्लाहकारद्वय सूर्यकुमार निरौला र सुकपाल तुम्वापोले आश्रमको व्यवस्थापनका लागि स्थानीय सरकार थप जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघ तथा सिद्व पोखरी सेवा सदनकी अध्यक्ष राधिका थापाले आश्रमको स्थापनाकालदेखि हालसम्म सहयोग गर्ने सरकारी, गैर सरकारी र निजी क्षेत्रलाई धन्यवाद दिनुभयो।