केही समय यता भारतबाट अवैध रूपमा भित्र्याइएका ठुलो परिमाणका प्रतिबन्धित कुखुराहरू प्रहरीले दिनदिनै बरामद गरिरहेको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा दोस्रो गुल्मी महोत्सव हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा “गुल्मी जिल्लाको समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’’ भन्ने मुख्य नारासहित रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ नुनथलामा महोत्सव गर्न लागिएको अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
तीन वर्षअघि जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले जिल्लाका सबै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गर्ने भनि गरेको निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
तनहुँ प्रहरीले रतुवा मृग सिकार मुद्दाका फरार पाँच जना प्रतिवादी पक्राउ गरेको छ ।
बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ देविस्थानको उच्च भागमा पर्छ, अर्नाकोट गाउँ । फेदीमा बगिरहेको निसीखोलाको तिरदेखि आङ नै सिरिङ हुने कहालीलाग्दो उकालो चढेपछि देउरालीमा बसेको अर्नाकोट गाउँमा पुग्न सकिन्छ ।
आफ्नो उत्पादनले मूल्य नपाउँदा तरकारी किसान चिन्तित भएका छन् ।
प्रेस सेन्टर तेह्रथुमको अध्यक्षमा विरेन्द्र लिम्बु चयन हुनुभएको छ। प्रेस सेन्टर नेपाल तेह्रथुमको छैटौ जिल्ला अधिवेशनबाट पत्रकार लिम्बुलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो।
रुकुमपश्चिममा निर्माणाधीन नुवाकोटडाँडा–बैरागीठाँटी सडक विस्तारको क्रममा सुख्खा पहिरो खसेपछि विद्युत सेवा अवरुद्ध भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गर्नुभएको छ । अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था कहाली लाग्दो छ । विद्यालय को कक्षा कोठामा ढोका छैन भने खानेपानी र शौचालय लगायतका पूर्वाधार केही पनि छैन ।
राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डमा पर्ने चार वटा बेलिब्रिज जीर्ण भएका छन् । दशदेखि १५ वर्ष अघि निर्माण गरिएका उक्त बेलिब्रिजहरु जीर्ण भएसँगै दुर्घटनाको जोखिम बढेपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले बढी तौल भएका गाडीहरु वारपारमा प्रतिबन्ध लगाएको छ ।
धनुषामा चैते धानको उत्पादन क्षेत्र बर्सेनि बढ्दै गएको छ । चैते धान उत्पादनप्रति किसानको रुचि बढेपछि जिल्लामा चैते धानको उत्पादन क्षेत्रफल बढ्दै गएको हो ।
राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा आएका एक जना वृद्धको मृत्यु भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयको ढोकामा लडेर बागचौर नगरपालिका वडा नम्बर ७ टाट्के निवासी ७० वर्षीय टिकाराम वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति थालिएको जिल्लाको दुलेगौँडा-हर्कपुर खण्डमा हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ अन्तर्गत तनहुँको दुलेगौँडा-हर्कपुर खण्डमा स्तरोन्नति थालिएको हो ।
फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल ब्यारोटले बिहीबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्दै भूराजनीतिक सङ्कटको सामना गर्न ‘फ्रान्स र चीनबिच सशक्त साझेदारी’ का लागि आह्वान गर्नुभएको छ ।