उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउनुभएकी उपराष्ट्रपति भोसँग मन्त्री डा. राणाले भेटवार्ता गर्नुभएको हो।
भारत सरकारले लडाकु विमानका इन्जिन स्वदेशमै विकास तथा निर्माण गर्न फ्रान्सेली कम्पनीसँग सहकार्य गर्दै आएको रक्षा मन्त्री राजनाथ सिंहले जानकारी दिनुभएको छ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य अनुसारको प्रगति हाँसिल भएको छ ।
राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९औँ जन्मजयन्तीको अवसरमा बझाङमा दुई महत्वपूर्ण पुस्तक विमोचन गरिएको छ ।
दिव्य पशुपतिनाथ अभियान अन्तर्गत आज नेपाल प्रहरीका उच्च अधिकारीसहित सयौँको सहभागितामा पशुपतिनाथ मन्दिर परिसर सरसफाइ गरिएको छ ।
पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा जानु भएको छ ।
रूस र संयुक्त राज्य अमेरिका बीच तरल प्राकृतिक ग्यास (एलएनजी) परियोजनामा सम्भावित सहकार्यबारे छलफल भइरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताउनुभएको छ ।
न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस दुर्घटना हुँदा पाँच यात्रुको ज्यान गएको छ । चालकको ध्यान भंग भई नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
बिरयानी, कवाब र शोर्मा लगायतका खाने कुरामा अखाद्य हानिकारक कोलटार रङ्ग मिसाउने तथा फोहोर ठाउँमा मासु भण्डारण गर्ने नेपालगन्जका एक होटल व्यवसायीलाई जिल्ला अदालत बाँकेले एक लाख रुपियाँ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको छ ।
जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले विच्छ्यामा हिउँदमा गरेको खाद्यान जोहोले वर्खाको बेलामा बाढीपहिरो पीडितलाई निकै सहज बनाएको छ ।
उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गर्नुभयो ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा खाँडो खोलाको पानी बाँध बाँधेर खेतमा पुर्याइएको छ ।
हेटौँडा–काठमाडौँ जोड्ने मुख्य राजमार्ग कान्तिराजपथ शनिबार बिहान ११:१५ बजेदेखि पुन: सञ्चालनमा आएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ ।
दार्चुलामा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।