शेरबहादुर सार्की
बाजुरा, भदौ ७ गते । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले विच्छ्यामा हिउँदमा गरेको खाद्यान जोहोले वर्खाको बेलामा बाढीपहिरो पीडितलाई निकै सहज बनाएको छ ।
जिल्लाको सबैभन्दा विकट ठाउँ भनेर चिनिदै आएको यो विच्छ्या गाउँमा वर्खाको समय खाद्यान ढुवानी गर्न निकै समस्या हुन्छ । यहाँका स्थानीयले यहाँ वर्खाको समय खाद्यान पाउँन कठिन यात्रा गर्नु पर्छ ।
त्यसैले यहाँको स्थानीय तहले वर्खाको समय आइपर्ने वीपदजन्य घटनालाई मध्यनेजर गरी हिउँदमा नै यहाँको विच्छ्या र कवडाीमा खाद्यान सामाग्री चामल जम्मा गरेको थियो ।
गत साउन २८ गते राती साढे छ बजे विच्छ्या खोलामा आएको बाढीले यहाँका विच्छ्या र कवाडी गाउँमा नै ठुलो क्षति ग¥यो । बाढीले यहाँका स्थानीयको धन सम्पती सबै नष्ट गरेपछि यती बेला यहाँ जोहो गरेको त्यो चामल उनीहरुलाई राहत स्वरुप वितरण गर्न निकै सहज भएको हिमाली गाउँपालिकाले जनाएको छ ।
यहाँ धेरै दुर्गम ठाउँ भएकाले हिउँदको महिना समेत खाद्यान ढुवानी गर्न समेत समस्या हुन्छ । वर्खाको त कुरा नै नगरौ । यती बेला गाउँपालिकाले पहिला नै यहाँ खाद्यान जम्मा गरेको हुँदा आज हामीलाई त्यो चामलले दुइ चार छाक टार्न सहज भएको हिमाली गाउँपालिका वडा नं–१ विच्छ्याका सब्बले थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “छाक टार्न त्यो चामल सहज भएपछि बसाइको भने निकै समस्या भएको छ । बास बस्ने घर समेत बगाएपछि अहिले त्रिपालको सहाराले रात काट्ने गरेका छौ ।”
जसरी यहाँको स्थानीय सरकारले सहयोग गरेको छ । त्यसै गरी प्रदेश र सङ्घीय सरकारले पनि राहत दिन यहाँका बाढीपहिरो पीडितलाई दुइ चार दिनमा पेट पाल्न निकै सहज हुने थापाले बताउनुभयो ।
बाढी पहिरोले हिमाली गाउँपालिका वडा नं–१ विच्छ्यामा ८ घर बगाएको र ९ घर पूर्ण जोखिमा पारेका छन् । यहाँको वडा नं–५ कवाडीमा पनि १६ घर बगाएको र ३२ घरमा पुर्ण क्षति भएका छन् । यहाँका सबै २४ घर विस्तापीत र ४१ घर पुर्णरुपमा जोखिममा रहेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।
उहाँले भन्नुभयो, “साउँन २८ गते बाढी आयो । बाढीले धेरै ठुलो क्षति भयो । अहिले तत्कालमा हामीले साउन २९ गते नै विच्छ्या र ३० गते कवाडीका बाढीपहिरो पीडितलाई चामल नुन तेल त्रिपाल वितरण गरेका छौ ।”
हिमाली गाउँपालिकाको वडा नं–१ विच्छ्या–५ को कवाडी निकै दुर्गममा पर्ने गर्छन् । यहाँ वर्खाको समय खाद्यान ढुवानी गर्न समस्या हुन्छ । यहाँ वर्खाको समय समान ढुवानी गर्न नसकेपछि यहाँ भोकमरी हुने बाढीपहिरो प्रभावित हुने सम्भावना हुन्छ ।
त्यसैले हामीले त्यस्ता विपदका घटनामा केही सजह हुने गरी यहाँ हिउँदको महिनामा खाद्यान ढुवानी गरेका थियौ । जे होस अहिले त्यहि जम्मा गरेको खाद्यानले यहाँका बाढीपहिरो पीडितलाई दिन सहज भएको बताउनुभयो ।