प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मल वितरण र व्यवस्थापनबारे कार्ययोजना प्रस्तुत गर्न दिएको समयसीमा बितेको धेरै दिन हुँदा पनि कार्ययोजना प्रस्तुत हुन सकेको छैन । प्रधानमन्त्री ओलीले कृषि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई गत २७ साउनमा तीन दिनभित्र कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे ठोस योजना ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।
सरकारले उखु किसानलाई दिएको अनुदानको बक्यौता तत्काल भुक्तानी गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानको बाँकी रहेको अनुदान रकम एक दुई दिनभित्रै भुक्तानी गरिने जनाएको छ ।
रैथाने अन्डी (अनदी) धान मासिँदै गएपछि थारू समुदायको अट्वारी पर्वमा असर परेको छ । अट्वारी पर्वका लागि अन्डी धानको चामल चाहिनेमा त्यो अभाव हुँदा थारू समुदायको महत्वपूर्ण पर्वमा असर परेको हो । अट्वारी मनाउन अन्डीको रोटी अनिवार्य परिकार मानिन्छ । यो बाली मासिँदै गएपछि धेरैले अट्वारी नै नमनाउने अवस्था छ ।
विद्युतीय कारोबार ऐन खारेज गर्ने गरी सरकारले प्रतिनिधि सभामा पेस गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमा यसअघिको कानुनमा विवादास्पद रहेका केही व्यवस्था दोहोरिएको भन्दै हटाउन सांसदहरूले संशोधन दर्ता गरेका छन् ।
तीन लाख ६६ हजार सर्वसाधारणको झन्डै चार अर्ब रुपियाँ ठगी भएको युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका पीडितलाई कम्पनीका नाममा रहेको सम्पत्ति बेचबिखन गरी रकम फिर्ता गर्ने बाटो खुलेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले वैशाख २ गते गरेको फैसलाको पूर्णपाठमा प्राप्त दाबी प्रमाणका आधारमा मूल्याङ्कन गरेर रकम फिर्ता गर्न आदेश दिइएको छ ।
अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमुख्य सचिव डा. वैकुण्ठ अर्यालसहितलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
बागलुङको जैमिनी नगरपालिका –२ दमेकमा कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भाएका छन् । पोखरादेखि जैमिनी नगरपालिका –१० राङखानी जाँदै गरेको ग ३ च २९५३ नम्बरको कार आइतबार साँझ करिब ७ बजेर १५ बजेको समयमा दमेकमा दुर्घटना हँुदा चालक जैमिनी नगरपालिका –१० राङखानीका २३ बर्षीय बिमल शर्मासहित चार जना घाइते भएका हुन् ।
राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ ।
इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानलाई वशमा पार्ने अमेरिकी प्रयासको सामना गर्न संयुक्त राष्ट्रिय मोर्चा गठन गर्न आह्वान गर्नुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुुआनसँग नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रका सहकार्यका विषयमा छलफल गरेको छ ।
खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलबिच वीरगञ्जमा देखिएको हैजा सङ्क्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ।
ताप्लेजुङको फुरुम्बु र लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा काठेपुल निर्माण गरिएको छ। फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम जोड्ने गरी सिस्ने खोलामा अस्थायी काठेपुल निर्माण गरिएको हो।
अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ विषयक कला कार्यशाला सम्पन्न भएको छ।
गाउँको पुछारबाट लामो समयदेखि निरन्तर जान थालेको पहिरोको कारण म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेत गाउँ नै उच्च जोखिममा परेको छ।
पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालुका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ।