बर्दियामा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ ।
सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा सुनुवाइ जारी रहेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा उक्त रिटमा सुनुवाइ जारी रहेको हो ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, सिचुवान एयरलाइन्स प्रमुख जुनयान र उनकी सेक्रेटरी लीशिन बिचपोखरामा भेटवार्ता भएको छ ।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले आफ्नो पुनर्संरचना प्रयासको एक भागको रूपमा करिब १० हजार पूर्णकालीन कर्मचारी कटौती गर्ने भएको छ । यसले करदाताहरूलाई प्रतिवर्ष १.८ अर्ब डलर वचत गर्नेछ ।
अस्ट्रेलियाली श्रम सरकारले आगामी चुनाव अगाडि सङ्घीय बजेट सार्वजनिक गरेको छ । जुन लागत–जीवन राहत र आर्थिक वृद्धिमा केन्द्रित रहेको छ ।
भूमि समस्या समाधान आयोग बागलुङमा तीन हजार छ सय ६१ वटा भूमि सम्बन्धि लागत सङ्कलन भएका छन् ।
शुक्रबार काठमाडौँ उपत्यकाको यातायात व्यवस्था प्रभावित भएको छ । गणतन्त्रको पक्षमा रहेको समाजवादी मोर्चा र राजतन्त्रका पक्षधरले आज गर्न लागेको फरक–फरक प्रदर्शनका कारण काठमाडौंको यातायात व्यवस्था प्रभावित भएको हो ।
इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन ।
पछिल्लो समय पहाडी जिल्लाहरूमा आधुनिक हाते ट्याक्टरको माग बढ्दो छ । गाउँ–गाउँमा हाते ट्याक्टर भित्रिएपछि हल गोरु पाल्ने किसानको संख्या घट्दै गएको हो ।
मल्लरानी पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्धनका लागि तेस्राे खाना महोत्सव हुने भएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार युक्रेन युद्ध अन्त्य गर्न वासिङ्टनको प्रयासमा मस्कोको प्रतिक्रिया हेर्दै गर्दा उच्चस्तरीय वार्ताको अपेक्षा गर्न अझै सही समय नभएको चेतावनी दिनुभएको छ ।
तीर्थयात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिकाका चार जनाको मृत्यु भएको छ । तु
बिहीबार प्रतितोला रू. एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रू एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ ।