प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसोका लागि सरेको छ ।
काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले निजी क्षेत्र सक्रिय नहुुँदासम्म पर्यटन क्षेत्रको विकास नहुने उद्घोष गर्नु भएको छ ।
विद्यार्थीले अतिरिक्त क्रियाकलापलाई सदुपयोग गर्दै कौसीमा नै तरकारी फलाएका छन् । बागलुङ नगरपालिका–९ को तित्याङ माध्यमिक विद्यालयको कौशीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन् ।
जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार र पार्ट्समा २५ प्रतिशत शुल्क लगाउने निर्णयलाई ‘बुझ्न कठिन’ भएको बताउनुभएको छ ।
रौतहटको गरुडा नगरपालिका-४ तरकारी बजारमा आगलागी भएको छ ।
ढाकाले भारतसँग चिसिएको सम्बन्धलाई सन्तुलित गर्न नयाँ मित्र खोजिरहेका बेला चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार बङ्गलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुससँग गहिरो सहकार्यको वचन दिनुभएको छ ।
गण्डकी प्रदेश सरकारले घरेलु मदिरा उत्पादन, ब्रान्डिङ र बजारीकरणलाई वैधता दिने गरी विधेयक तयार गरेको छ । सरकारले बिहीबार ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ प्रदेशसभामा दर्ता गराएको छ ।
बर्दियामा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ ।
सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा सुनुवाइ जारी रहेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा उक्त रिटमा सुनुवाइ जारी रहेको हो ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, सिचुवान एयरलाइन्स प्रमुख जुनयान र उनकी सेक्रेटरी लीशिन बिचपोखरामा भेटवार्ता भएको छ ।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले आफ्नो पुनर्संरचना प्रयासको एक भागको रूपमा करिब १० हजार पूर्णकालीन कर्मचारी कटौती गर्ने भएको छ । यसले करदाताहरूलाई प्रतिवर्ष १.८ अर्ब डलर वचत गर्नेछ ।
अस्ट्रेलियाली श्रम सरकारले आगामी चुनाव अगाडि सङ्घीय बजेट सार्वजनिक गरेको छ । जुन लागत–जीवन राहत र आर्थिक वृद्धिमा केन्द्रित रहेको छ ।
भूमि समस्या समाधान आयोग बागलुङमा तीन हजार छ सय ६१ वटा भूमि सम्बन्धि लागत सङ्कलन भएका छन् ।
शुक्रबार काठमाडौँ उपत्यकाको यातायात व्यवस्था प्रभावित भएको छ । गणतन्त्रको पक्षमा रहेको समाजवादी मोर्चा र राजतन्त्रका पक्षधरले आज गर्न लागेको फरक–फरक प्रदर्शनका कारण काठमाडौंको यातायात व्यवस्था प्रभावित भएको हो ।