म्यानमारमा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा, रत्नपार्क हुँदै समाजवादी मोर्चाको आमसभा अहिले भृकुटीमण्डमा सुरु भएको छ ।
बङ्गलादेशी प्रहरीले पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तरिम सरकारविरूद्ध षडयन्त्र गरेको आरोपमा नयाँ फौजदारी मुद्दा दायर गरेको शुक्रबार जनाएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि वसन्तयाममा ४२ जनाले अनुमति लिएका छन् ।
तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थकहरू र प्रहरीबिच भडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास तथा हवाइ फायर गरिएको जानकारी प्रहरीले दिएको छ ।
प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा शुक्रबार ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सदन अवरोध गरेर मात्रै समस्या समाधान नहुने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँको गृह जिल्ला तनहुँका स्थानीयवासीले अलपत्र परेको पुल निर्माणलाई पूरा गर्न शुक्रबार ध्यानाकर्षण गराउनुभएको छ ।
स्याङ्जाको वालिङमा केदारनाथ शिवधाम निर्माण गरिने भएको छ ।
चैत लागेसँगै पानी कम हुँदै गएको बेलस्वारा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष थुमबहादुर पाटा मगरले बताउनुभयो ।
स्याङ्जाबाट पर्वतको दक्षिणी भेगलाई जोड्ने सडक ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्रे गर्न सुरु गरिएको छ ।
कालिगण्डकी कोरिडोरमा पर्ने तातोपानी कुण्डलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको छ ।
म्यानमारमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को अन्तिम दिन परीक्षा सकिएपछि शुक्रबार भरतपुरको चितवन मावि अगाडि साथी–साथीबीच एक अर्काको सर्टमा बिदाइ तथा भविष्यको शुभकामना सन्देश लेखी फेरि भेट्ने वाचा गर्दै विद्यार्थीहरू ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यात्रु बनेर बिहीबार राति धनुषाको मिथिला नगरपालिका–१०, लालगढमा रहेका लाइन होटलको अनुगमन गर्नुभएको छ ।