• ९ भदौ २०८२, सोमबार

२० लाखभन्दा धेरै रकम ठगी गर्ने व्यक्ति पक्राउ

blog

राधा लुइटेल
फिदिम, भदौ ९ गते ।
पाँचथरको फाल्गुनन्द–२ का चक्रराज रम्तेलबाट २० लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका ४ घर भई  चितवनको भरतपुर महानगरपालिका ४ त्रिचोकमा बसोबास गर्दै आएका अमित महतो भन्ने कृष्ण मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मुर्मुले नवलपरासी घर भएका जोगबहादुर थारु र बच्चु गुरुङसँगको मिलेमतोमा साझेदारीमा जग्गा कारोबार, डलर कारोबार र व्यापार व्यवसाय गरी धेरै पैसा कमाउने प्रलोभनमा देखाई  रम्तेलबाट २० लाख रुपियाँ ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको पाँचथर प्रहरीका प्रवक्ता एवम् प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार मुर्मुलाई चितवन प्रहरीसँगको सहकार्यमा पक्राउ गरी पाँचथर ल्याइएको पनि तामाङको भनाइ छ ।

अन्य आरोपीको खोजी कार्य जारी रहनुका साथै मुर्मुलाई अदालत हाजिर गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ । हाल मुर्मुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ ।