ताप्लेजुङस्थित निर्माणाधीन तमोर–५ जलविद्युत आयोजनाको टिप्पर तमोर नदीमा खस्दा सोमबार एकजना बेपत्ता भएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीबीच विद्यमान विभेदलाई अन्त्य गर्न सरकारले प्राथमिकताका साथ सङ्घीय निजामती ऐन अघि बढाएको स्पष्ट गर्नुभएको छ ।
नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तिज आउन एक दिन बाँकी रहँदा जिल्लामा यसको रौनक बढेको छ । यहाँका बजारमा सामान किनमेल गर्नेका को आज बिहानदेखि घुइँचो लागेको छ ।
दाङको घोराहीमा पहल थिएटर निर्माण हुने भएको छ । चलचित्र तथा नाट्यकर्मी केएल बुढाथोकीको नेतृत्वमा जिल्लामा पहिलो पटक थिएटर निर्माण हुन थालेको हो ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशको सुरक्षा व्यवस्था कायम गर्नमा सहयोग पुग्ने दृष्टिकोणले मधेश प्रदेशका सुरक्षा निकायलाई सवारीसाधन हस्तान्तरण गरिएको छ ।
झाडापखाला भएकामध्ये ७१ जनामा हैजा पुष्टि भएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले उत्कृष्ट प्रधानाध्यापक र शिक्षकलाई पुरस्कृत गर्ने भएको छ । सार्वजनिक शिक्षा सुधारको अभियान चलाइरहेको गाउँपालिकाले अबदेखि प्रत्येक वर्ष उत्कृष्ट काम गर्ने प्रधानाध्यापक र शिक्षकलाई सम्मान तथा पुरस्कृत गर्ने भएको हो ।
आरएस रिसोर्ट एन्ड बिच फुटबल महिला टिम पोखराले एन्फा महिला लिग छनोटमा सिन्धुपाल्चोक एफसीमाथि गोल वर्षा गरेको छ ।
इरानले र बेलायत, फ्रान्स तथा जर्मनीसँग मङ्गलबार जेनेभामा आणविक वार्ता गर्ने इरानी राज्य सञ्चारमाध्यमले जानकारी दिएको छ ।
बाँके र बर्दियाका थारू बाहुल्य गाउँबस्तीमा आइतवारदेखि सुरु भएको अटवारी पर्व दिदीबहिनीलाई ‘अग्रासन’ दिएर सोमबार सम्पन्न भएको छ । दुबै जिल्लाका थारु बाहुल्य क्षेत्रमा बिशेष उल्लास र उमङ्गका साथ दुई दिन अटवारी पर्व मनाइएको हो ।
विभिन्न माग राखेर कवाड व्यवसायीहरूले सोमबार काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाको लोकप्रियता फेरि बढेको छ ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार र सामाजिक क्षेत्रका बिषयहरुबारे निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दीनेश पन्थीले जानकारी दिनुभयो ।
टाइफुन काजिकीले देशको मध्य भागमा करिब १६० किलोमिटर प्रतिघण्टाको गतिमा प्रहार गर्ने अनुमान गरिएसँगै सोमबार तटीय भियतनामका दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
कहिले गुणस्तरहीन बीउका कारण बोटमा फल नलाग्ने, कहिले सुक्खा खडेरी त कहिले बाढीले बालीनाली सखाप हुने । उत्पादनले बजार नपाउने चुनौती त छदैँछ, लागतअनुसार मूल्य नमिल्ने । यी समस्या कृषक पदम थापाका हुन् । उहाँले बर्सेनी यस्ता समस्या भोग्दै आउनुभएको छ ।