राधाकृष्ण डुम्रेस्याङ्जा, चैत १६ गते । रेबिजको लक्षण देखिएका जनावर किनबेच गरेको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत स्याङ्जाले पुर्पक्षका लागि जेल पठाएको छ । वालिङ नगरपालिका–५ का ५५ वर्षीय राजेन्द्र केसी र वालिङ नगरपालिका–८ का ५० वर्षीय शंसुदिन मियालाई जिल्ला अदालत स्याङ्जाले जेल चलान गरेको हो । दुवै जनालाई सङ्क्रामक रोग फैलाउने कार्यमा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको थियो । अव मुद्दाको किनारा नलागे सम्म दुवै जना जेल बस्नु पर्ने भएको छ । रोगी पशु किनबेचमा चार जना संलग्न भए पनि दुई जना अझै फरार रहेको प्रहरीको भनाई छ ।जिल्ला अदालत स्याङ्जाका न्यायाधीश सरिता रायमाझीको एकल इजलासले दिएको आदेश अनुसार जेल चलान गरिएको श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिनुभयो । रोगी पशु किनबेचमा संलग्न रहेका भीरकोट नगरपालिका–१ का नजबुन हसन मिया र भीरकोट–२ का प्रेमबहादुर सार्की फरार रहेको प्रहरीको भनाई छ । सार्की सवारी चालक र मिया भैँसी किन्ने व्यापारी रहेको बताइएको छ ।के थियो घटना :स्याङ्जाको वालिङ–५ राजेन्द्र बहादुर केसीको भैँसीमा रेबिज सङ्क्रमण देखिएको थियो । केसीले आफ्नै घरमा पालेका सङ्क्रामक रोग रेबिजको लक्षण देखिएका जनावरहरू भैँसी, भैँसीको पाडा, बाख्रा र बाख्राको पाठी एक एक वटा गरी चार वटा घरपालुवा जनावर शंसुदिन मियाँलाई बिक्री गर्नु भएको थियो । रेबिज रोग लागेका पशुहरू वालिङ नगरपालिकाले निगरानीमा राखेको थियो । नगरपालिकाले निगरानीमा राखेकै बेला केसीले शंसुदिन मियालाई बिक्री गर्नु भएको हो । गएको फागुन १५ गते मियाँले रोग लागेका जनावरहरू खरिद गरी ग २ च २७६० नम्बरको सवारी साधनमा राखेर वालिङ बजार हुँदै भीरकोट नगरपालिका बयरघारी तर्फ लैजाँदै गरेको अवस्थामा वालिङ नगरपालिका १ बाट प्रहरीको टोलीले फेला पारेको थियो ।मृतक भैँसीको वालिङ नगरपालिकाबाट पशु प्राविधिक टोलीबाट किटद्धार परीक्षण गर्दा सङ्क्रामक रोग रेबिजको लक्षण पुष्टि भएको थियो ।के छ कानुनी व्यवस्था :घटना लगत्तै फागुन १५ गते पक्राउ परेका दुवै जनालाई सङ्क्रामक रोग फैलाउन नहुने कसुरमा प्रहरीले मुद्दा चलाएको थियो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको उपदफा १०४ सङ्क्रामक रोग फैलाउन नहुने कानुन अनुसार उनीहरूलाई कारबाही सुरु गरिएको थियो । कानुन अनुसार उक्त कसुर गर्ने वा गराउने व्यक्तिलाई दश वर्ष कैद र एक लाख जरिवाना, लापरबाही पूर्वक गरेको भएमा ५ वर्ष कैद र ५० हजार जरिवाना तथा हेलचक्राई गरेको भएमा तीनबर्ष कैद र तीस हजार जरिवानाको व्यवस्था रहेको छ । घरमा पालेको जनावरमा रेबिज लागेको पुष्टि भएसँगै वालिङ नगरपालिकाले नगर क्षेत्रमा उच्च सतकर्ता अपनाउँदै आएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । वडा नं.५ का कृषकहरूले पालेका अन्य जनावरहरूलाई रेबिजबाट बचाउन आवश्यक उपचार र सुई लगाउने कार्य गरिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालको भनाई छ ।
दोलखाको शैलुङ गाउँपालिका–५, काटाकुटीले असारे विकास अन्त्य गरी समयमै वडाका योजनाको काम सम्पन्न गर्न लागेको छ । आर्थिक वर्ष २०८१/८२ का
छिमेकी मुलुक भारतबाट नेपालमा थप ४०६ मेगावट विद्युुत् आउन थालेको छ । भारतले थप चार घण्टा विद्युत् दिने सहमति गरेसँगै ४०६ मेगावाट विद्युुत् आउन थालेको नेपाल विद्युुत् प्राधिकरणले जानकारी दिएको छ ।
काठमाडौँ, चैत १६ गते । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुनाका साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।कोशी र गण्डकीको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
स्याङ्जाको वालिङ नगरपालिकालाई आगामी २०८३ मङ्सिरसम्ममा पूर्ण रूपमा बालमैत्री बनाइने भएको छ । दुई वर्षपछिको अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका दिन वालिङलाई बालमैत्री नगर घोषणा गर्ने योजनाका साथ तयारी सुरु गरिएको नगर उपप्रमुख कविता तिवारी गैरेले जानकारी दिनुभयो । वालिङलाई बालमैत्री घोषणा तथा कार्यान्वयनका लागि नगरपालिका कार्यविधि नै बनाएर अगाडि बढ्ने उहाँको भनाइ छ ।
बागमती नदीको पानीबाट तीन सय रोपनी क्षेत्रमा लिफ्ट सिँचाइ गरिएको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित ठिङ्गनबेँसीमा बागमती नदीको पानी ३२५ मिटरभन्दामाथि उचाइमा लिफ्टमार्फत तानेर सिँचाइ गरिएको हो ।
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णयको रिटमा दुवै पक्षलाई छलफलमा झिकाउने आदेश गरेको छ । अदालतले निवेदकको माग अ
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा रहेको बिसिखेल झाँओझेलमा बिसिखेलको झाँक्री गुफा संरक्षणको अभावमा ओझेलमा परेको छ । थाहा नगरपालिका–१० मा रहेको तल्लो बिसिखेल
क्यामेरा पर्सन सुरेश रजक सदा जस्तै शुक्रबार बिहान एभिन्युज टेलिभिजनको कार्यालयमा पुग्नुभयो । नियमित छलफलपछि उहाँलाई समाचार कक्षबाट निर्देशन आयो, “आज विशेष सामग्री तयार हुन्छ, आन्दोलनको एक्सक्लुसिभ भिडियो गर्नू ।”
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादी प्रतिगामी मण्डलेको अराजकताको पराकाष्ठा देखिएको टिप्पणी गर्नुभएको छ । समाजवादी मोर्चा नेपालले शुव्रmबार प्रतिगामी चलखेलविरुद्ध काठमाडौँमा आयोजना गरेको प्रदर्शनपछिको सभामा उहाँले राजावादीले भिडलाई उत्तेजित पारेर आतङ्क सिर्जना गर्न खोजेको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १८ गते प्रतिनिधि सभामा सम्बोधन गर्नुहुने भएको छ । प्रमुख विपक्षीसहितका दलले लगातार सङ्घीय संसद्का दुवै सदन अवरुद्ध जारी राखेपछि प्रधानमन्त्री ओलीले
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उहाँहरुलाई आज साँझ पक्राउ गरिएको हो ।
सरकारले आज पूर्व राजावादी समर्थकहरुले गरेको घटनाको सत्यतथ्य छानविन गरी दोसीलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबार विहान सम्मका लागि कर्फ्यूको समय विस्तार गरेको छ । शनिबार बिहान ७ बजेसम्मका लागि सो समय थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।